भीमदत्त २८ पुस ।
लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले एक कार्यक्रमबिच विमानस्थल स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।
स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साँझेदारीमा विमानस्ीथलको स्तरोन्नति गरिन लागेको हो । जस अन्तरगत विमान स्थल स्तरोन्नतिमा खर्च हुने कुल लागनको भीमदत्त नगरपालिकाले १५, दोधारा चाँदनी नगरपालिकाले १०, सुदूरपश्चिम प्रदेश सरकारले २५ र संघीय सरकारले ५० प्रतिशत ंव्योहोर्ने छन् ।
विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाखमा कान्छाराम कष्ट्रसन कम्पनीसंग तीन वर्षभित्र काम सक्ने गरि ठेक्का सम्झौता भएको हो । विमानस्थलको रन वे, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यो काम संग संगै टर्मिनल भवन, सुरक्षा भवन र क्नट्रल टावर लगायत अन्य संरचनाहरुको निर्माण पनि सुरु गरिने नागरिक उड्डय प्राधिकरणका इन्जिनियरिंग विभाग प्रमुख मुरारी भण्डारीले बताउनु भयो । तीनै तहका सरकारको साँझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख नागरिक प्राधिकरणलाई पठाइसकेको छ । नागरिक उड्डयन प्रधिकरणले पनि वजेट छुट्याएर काम अगाडी बढेको हो ।
विमानस्थल सञ्ञ्चालनका लागि भीमदत्त नगरपालिकाले लगानी साझेदारी गर्न तयार भएपछि आयोजना कार्यान्वयमा मद्दत पुगेको छ ।
भीदत्त नगरपालिकाले साझेदारी अन्र्तगत तीन करोड ५० लाख रुपयाँ प्राधिकरणको खातामा जम्मा गरिसकेको छ ।
२०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल २०५६ देखि सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउदै बन्द गरिएको थियो । बन्द भएको २२ वर्षदेखि पुनः सञ्चालनका लागि स्त्रोन्नतिको काम सुरु भएको हो । यसका लागि स्थानीय नागरिक देखि जनप्रतिनिधि र राजनीतिक दलहरुले लामो समयदेखि माग गरिरहेका थिए । पछिल्लो पटक स्थानी तह देखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा विमानस्थल सञ्चालनको मुद्दा प्रमुख एजेण्डा बनेको थियो । त्यहि अनुसार नगरपालिकाका प्रमुख र सांसदहरुले निरन्तर पहल गरिरहेका थिए । जसका कारण योजना कार्यान्वयको चरणमा पुगेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेलको रुपमा विमानस्थल पुनः सञ्चालन आयोजना अघि बढेको बताए ।
‘मझगाँउ विमानस्थल पुनः सञ्चालन गर्ने हामीले प्रतिवद्धता गरेका थियौँ ।’ कार्याक्रममा बोल्दैँ नगर प्रमुख विष्टले भन्नुभयो ‘विमानस्थल सञ्चालनका लागि दुई चरणमा काम अघि बढ्यो, सम्भाव्यता अध्ययननपछि विमानस्थल सञ्चालनका गर्न आवश्यक साझेदारी गरि स्थानीय सरकार भीमदत्त नगरपालिकाकोतर्फबाट साढे तीन करोड रुपयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौँ ।’
साथै उहाँले विमानस्थलका लागि आवश्यक जग्जा अधिग्रहण र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्नेपर्ने र त्यसका लागि आफु सहजीकरण तथा आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
भीमदत्त नगरपालिकाको महत्वपुर्ण साझेदारीसहित मझगाउँ विमानस्थल पुनः सञ्चालनको काम सुरु
