महेन्द्रनगर, १६ मंसिर
भीमदत्त नगरपालिकाको विकास लगायतका विभिन्न विषयमा छलफल गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सहित लगायतका जनप्रतिनिधि, अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिहरु सहभागी हुनु भएको छ ।
कार्यक्रममा नगरपालिकाको योजना छनौट प्रक्रिया, राजश्व परिचालनको अवस्था, मानव संशोधन स्थिति, न्यायिक समिति सञ्चालन, आन्तरिक प्रशासनको अवस्था र विकासको प्राथमिकता लगायतका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख विष्ट सहित नगर उप पमुख चन्द, भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, युएसएडका रेश्म थापा, हरि घिमिरे, सिइसिएलका राजेश हमाल, मोति शर्मा, एनएनएसडब्लुका विनोद विक्रम जैरु, ईन्जिनियर हिमालय सिंह ऐर लगायतका सहभागी हुनु भएको छ ।