महेन्द्रनगर । अन्तरनगर महिला कबड्डी प्रतियोगितामा भीमदत्त नगरपालिकाले विजयी शुरुवात गरेको छ ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर महिला कबड्डी प्रतियोगिता–२०८० को पहिलो खेलमा भीमदत्र नगरपालिका विजयी भएको हो ।
मंगलवार भएको खेलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै भीमदत्त नगरपालिकाले विजयी शुरुवात गरेको हो ।
काठमाण्डौँमा रहनुभएका नगरप्रमुख पदम बोगटी खेलाडीहरुको हौसला बढाउन तथा शुभकामना व्यक्त गर्न भक्तपुर पुग्नु भएको थियो ।