• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा १३ लाख बढी सहयोग संकलन

Byभीमदत्त अनलाइन

१९ बैशाख २०७७, शुक्रबार १७:१४ १९ बैशाख २०७७, शुक्रबार १७:१४ १९ बैशाख २०७७, शुक्रबार १७:१४

महेन्द्रनगर, १९ बैशाख
कोरोना भाईरस(कोडिभ–१९) को विश्वभरीमा संक्रमण बढिरहेको छ । कोरोनाको संत्रमण रोक्नका लागि देशभरमा लकडाउन गर्न हाग्रह गरिएको छ लबडाउनकै कारण सहरबजार ठप्प रहेका छन् । लकडाउनका बेला विपन्न समुदायका लागि राहत र कोरोना जोखिम न्यूनिकणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा करिब १३ लाख भन्दा बढि रकम जम्मा भएको छ ।
हाल सम्म करिब १३ लाख ९६ हजार ५ सय ८६ रुपैयाँ संकलन गरिएको भीमदत्त नगरपालिकाको नगरप्रमुखको सचिवालयले दिएको विवरणमा उल्लेख गरिएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको सचिवालयको तथ्याङ्क अनुसार विभिन्न ३७ वटा व्यक्ति तथा संघ संस्थाको सहयोगबाट उक्त रकम जम्मा भएको छ ।
विभिन्न निजी विद्यालयहरुको साझा संस्थाका रुपमा रहेका संगठन प्याब्सन र एन प्याब्सनले करिब साढे दुई लाख नगद सहयोग गरेका छन् ।
एनब्याब्सन कञ्चनपुर र प्याब्सन भीमदत्त नगर समितिले भीमदत्त नगरपालिकाको राहत कोषमा दुई लाख ६९ हजार ५५ रुपैया जम्मा गरेका हुन् । एन प्याब्सन कञ्चनपुरका अध्यक्ष दिपक भट्टले एक लाख १३ हजार ५सय ५५ रुपैयाको चेक भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गर्नु भएको थियो ।
भीमदत्त नगर समितिका अध्यक्ष गौरीदत्त भट्ट सहितको टोलीले एक लाख ५५ हजार ५ सय रुपैयाको चेक भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गर्नु भयो । यस्तै नगद राहत सहयोग गर्ने संस्थाहरुमा लिटिलबुद्ध एकेडेमीले एक लाख, गणेशदत्त जोशी, धर्मराज जोशी ४० हजार, उदयदेव बहुउद्देश्यीय सहकारी संस्था ४० हजार, उग्रतारा कम्प्युटर महेन्द्रनगर ११ हजार, उदयदेव बहुउद्देश्यीय सहकारी संस्था ४० हजार, मेघा बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५ सय सहयोग गरेको छ ।
यस्तै निंलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, जनज्योती बचत तथा ऋण सहकारी संस्था, सहयात्री बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो उपभोक्ता बचत तथा ऋण सहकारी संस्था, युवा बचत तथा ऋण सहकारी संस्था, सृजनात्मक बचत तथा ऋण सहकारी संस्था, देवशक्ति सहकारी संस्थाले नगद ११÷११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सिएमए अनमी क्याम्पस र जय श्री बैजनाथ बाबा कन्सट्रक्सनले नगद ५१÷५१ हजार प्रदान गरेका छन् । ब्राईट लाईफ एजुकेशनल ईस्च्यिुटले १० हजार, सन्त निंरकारी मण्डलले २० हजार, कुमार श्रेष्ठ निर्माण सेवा प्रा.लि प्रबन्ध निर्देशक पि.के श्रेष्ठले एक लाख ५१ हजार ४० रुपैयाँ सहयोग गरेका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले २५ हजार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले ११ हजार एक सय एक, पञ्चकोटी निर्माण सेवा १५ हजार, पञ्चदेव बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, टेक्नीकल सर्विस एण्ड सालेशन कन्सल्टेन्सी(हिमालय सिंह ऐर)ले ११ हजार, सृजनशील बचत तथा ऋण सहकारी संस्था लि २१ हजार, जल उपभोक्ता समिति २५ हजार, वागेश्वरी अटो ईन्टरप्राईजेज (जयप्रकाश अग्रवाल)ले २१ हजार, कञ्चनपुर निर्माण व्यवसायी संघले ५१ हजार, भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवाष अधिकारीले १० हजार, होटेल ओपेरा प्रा.लिले ५० हजार, चेतराज जोशीले ११ हजार, कृष्णदत्त भट्टले ११ हजार, कञ्चनपुर उद्योग वाणिज्य संघले ५१ हजार, राजुदेवी मल्ल मेमोरियल टष्ट(जंग बहादुर मल्ल)ले एक लाख १० हजार, केदार एग्रो ईण्डस्टीज प्रा.लि (नारद पाण्डेय)ले ५१ हजार रुपैयाँ गरेर जम्मा १३ लाख ९६ हजार ९६ हजार ५ सय ८६ रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाको सचिवालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तै जिन्सी तर्फ समेत सहयोग भएको छ । विभिन्न दाताहरुले जिन्सीका रुपमा विभिन्न प्रकारका खाद्यान्न लगायतका स्वास्थ्य र सरसफाइका सामग्रीहरु सहयोग गरिएको छ । जसमा चालम, दाल, तरकारी, तेल, सोयाविन, बेसार, नुन, लगायत स्वास्थ्य सामग्रीहरुमा साबुन, मास्क, पीपीई, सेनिटाइजर, ग्लोब्स, हेण्डवास, पिपीई, क्वारेन्टाइनका सामग्रीहरु विभिन्न २७ भन्दा बढी संघसंस्थाले जिन्सी सामान सहयोग गरिएका छन् ।
भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले महामारी कोरोना भाईरस रोकथाम तथा न्यूनिरणका लागि सहयोगी दाताहरुप्रति अभाव प्रकट गर्दै आगामी दिनमा समेत जनताको साथ सर्मथन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *