• Wed. Nov 13th, 2024

भीमदत्त नगरपालिकाको सहयोग पाएपछि फेरियो सशस्त्र प्रहरीको चुहिने छानो

Byभीमदत्त अनलाइन

२१ असार २०७८, सोमबार १९:१६ २१ असार २०७८, सोमबार १९:१६ २१ असार २०७८, सोमबार १९:१६

महेन्द्रनगर २१ असार । वर्षादको समयमा अलि ठुलो पानि पर्दा छानो पुरै चुहिन्थ्यो । सशस्त्र प्रहरीलाईलाई व्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो । संघिय सरकार अन्र्तगत रहेको नेपाल सशस्त्र प्रहरीको अधिकांश बिओपीहरुमा पुर्वाधारको अवस्था जिर्ण छ ।
स्थापना कालदेखि त्यस्तै अवस्थाको सामना गदैँ आएको थियो । भीमदत्त नगरपालिकास्थित रहेको गड्चौकी ओडर आउट पोष्ट ।

बिओपीको भवनहरु पुराना हुदैँ गएपछि छानो चुहिने र जिर्ण अवस्थामा थियो । भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी बिओपीलाई जस्तापाता खरिदका गर्न ५ लाख रुपयाँ सहयोग ग¥यो ।

नगरपालिकाको सहयोग पाएपछि अहिले बिओपीका जिर्ण बनेर चुहिने भवनका छाना फेरिएको छ । कञ्चनपुर सशस्त्र प्रहरी बलका प्रमुख एसपी बिरेन्द्र ऐरले नगरपालिको सहयोग पाएपछि आफुहरु ठुलो राहत मिलेको बताउनु भयो ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीसहितको टोलीले गड्डाचौकी बिओपीको स्थलगत अनुगमनका क्रममा एसपी जोशीले भीमदत्त नगरपालिबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको उल्लेख गरे ।

‘भीमदत्त नगरपालिकाबाट बिओपीको पुर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौ ।’ उहाँले भन्नुभयो ‘जिल्लाका अन्य स्थानीय तहलाई पनि सहयोगका लागि आग्रह गरेको भएपनि सहयोग मिलेन् ।’ नगरपालिकाबाट अन्य बिओपीको व्यवस्थापनका लागि पनि सहयोग मिलेको उहाँको भनाई छ ।

नगरपालिकाले बह्मदेव विओपीमा शौचालय निर्माण, श्रीलंका टोलस्थित बिओपीका लागि जग्गा प्राप्तीमा सहजीकरण गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विभिन्न संघ सस्थालाई आवश्यकता अनुसार सहयोग गरेको बताउनु भयो उहाँले जनताको सेवामा समर्पीत संघ संस्थाहरुलाई सेवा प्रवाहमा सहजता दिलाउन नगरपालिकाले सहयोग गरेको बताउनु भयो । अग्र पंङत्तीमा रहेर जनताको सेवामा खटीने सुरक्षाकर्मीलाई नगरपालिकाले आवश्यक सक्दो सहयोग गरेको उहाँको भनाई छ ।

‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थान संघिय सरकार अन्र्तगत भएपनि हामीले उहाँहरुको मनोबल बढाउन र सेवामा सहताका लागि सक्दो सहयोग गरेका हौँ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘देशको समृद्धीका लागि सबै तहका सरकारले सहकार्य गर्नु जरुरी छ, यसमा सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।’ त्यस्तै भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालय लगायतका अन्य सामाजिक संघ सस्थाहरुलाई सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *