महेन्द्रनगर २३ बैशाख ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख सहयोग गरेको छ । बिहीबार नगर प्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द (सिंह)ले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) लाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।
महाकाली अस्पतालमा कोरोना संक्रमीतको उपचारमा सहज पुग्ने उद्देश्यका साथ नगरपालिकाले सहयोग गरेको हो । कोरोना भाईरसको संक्रमण रोगथाम तथा नियन्त्रणका लागि गठीत निर्देशन तथा समन्वय समितिले अस्पताललाई २० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले कोरोना संक्रमितको उपचार सहजताका लागि अक्सीजन आपुर्ती गर्न अस्पताललाई सहयोग गरिएको बताउनु भयो । उहाँले संक्रमितको उपचार र अस्पताल व्यवस्थापनका लागि नगरपालिका सधैँ प्रतिवद्ध रहेको बताउनुभयो ।
नगरपालिकाले अक्सीजन प्लान्ट स्थापनका लागि काम अगाडी बढाउन समेत जिम्मेवारी तोकि निर्देशन गरि सकेको छ । अस्पतालमा दिग्र्घकालिन रुपमा अक्सीजन आपुर्तीका लागि प्लान्ट स्थापनाका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख विष्टको भनाई छ । ‘अहिले संक्रमितको उपचारको लागि अक्सीजन आपुर्तीलाई विशेष जोड गरौँ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘दिर्घकालिन व्यवस्थापनका लागिसँगसगै प्लान्ट स्थापना पनि गरौँ ।’
नगरपालिकाले सुदूरपश्चिम विश्वविद्यालय र महाकाली अस्पतालका विज्ञ समुहलाई नगरपालिकाले अक्सीजन प्लान्ट स्थापनाका लागि आवश्यक अध्ययन गर्न जिम्मेवारी तोकिएको छ ।
नगर प्रमुख विष्टले प्लान्ट स्थापनाका लागि पक्रिया अगाडी बढाउन आग्रह गदैँ बजेट अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयोे । त्यस्तै नगर उप्रमुख शुसिला चन्दले कोरोना संक्रमण नियन्त्रण र संक्रमीतको उपचारका लागि नगरपालिका सक्रिय रुपमा लागेको बताउनु भयो ।
उहाँले नगरपालिकाको निर्देशन तथा समन्वय समितिमार्फत कोभिड नियन्त्रण र रोकथामका लागि काम गरिरहेको बताउनु भयो । साथै उनले महामारीको समयमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले अस्पताललाई सबैतिरबाट सहयोग मिलिरहेको बताउनु भयो । उहाँले भीमदत्त नगरपालिकाले बिहिबार हस्तान्तरण गरेका सहयोग अहिलेसम्म कै उच्च रहेको बताउनुभयो ।
हालसम्म विभिन्न दाताबाट ४० लाख बढी सहयोग प्राप्त भईसकेको उहाँको भनाई छ । त्यस्तै अस्पतालमा बिरामीको चाप बढीरहेकाले सबै वार्ड भरिएको बताउँदै संक्रमितलाई अक्सीजनको आपुर्ती मुख्य चुनौती रहेको उहाँले बताउनु भयो ।
अध्यक्ष्य जोशीले अक्सीजनको दिर्घकालिन व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नु पर्ने भएकाले त्यसमा सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे ।
महाकाली अस्पतालमा कोभिड–१९ बाट सङ्क्रमित बिरामीहरूको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य उपकरण अभावको समस्या भइरहेको बेला विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले ठुलो राहत पुग्ने अध्यक्ष जोशीको भनाइ छ ।