• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्धारा मझगाउँ विमानस्थल सञ्चालनका लागि प्राधिकरणको खातामा अढाई करोड रकम जम्मा

Byभीमदत्त अनलाइन

२० आश्विन २०७८, बुधबार १८:१५ २० आश्विन २०७८, बुधबार १८:१५ २० आश्विन २०७८, बुधबार १८:१५

भीमदत्त २० असोज ।  भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि सम्झौता बमोजिमको दुई करोड ५० लाख नेपाल नागरिक उड्डययन प्राधिकरणलाई उपलब्ध गराएको छ । यसअघि गत वर्ष एक करोड प्राधिकरणलाई उपलब्ध गराइएको थियो ।

नगरपालिकाले साझेदारीका लागि गरेको प्रतिबद्धता बमोजिम हालसम्म तीन करोड ५० लाख प्राधिकरणलाई बुझाएको छ। भीमदत्तले विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १५ प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता गरेको थियो। त्यसअघि यस वर्षको रकम प्राधिकरणमा पठाइएको छ ।
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि नगरपालिकाले गरेको प्रबिद्धता अनुसारको साझेदारी रकममध्ये यस वर्ष दुई करोड ५० लाख पठाइएको बताउनु भयो । “नगरपालिकाले विमानस्थल सञ्चालानका लागि १५ प्रतिशत रकम साझेदारी गर्ने प्रतिबद्धता गरेको छ । त्यसअनुसार गत वर्ष र यस वर्षमा रकम पठाएका छौँ”, उहाँले भन्नुभयो । “यसपछि बाँकी रकम पनि पठाउँछौँ ।”

सुदूरपश्चिम प्रदेश र दोधारा चाँदनी नगरपालिकाले पनि विमानस्थल सञ्चालनमा साझेदारी गरेका छन ्। सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र दोधारा चाँदनीले १० प्रतिशत खर्चमा साझेदारी गरेका छन्। गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो। विमानस्थल सञ्चालनमा ल्याउन चाहिने बाँकी ५० प्रतिशत खर्च प्राधिकरण आफैँले व्यहोर्न पर्नेछ। विसं २०५६ मा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालन अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो । स्थानीय तहसहितले खर्च व्यहोर्न साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको छ ।

विमानस्थल सञ्चालनका लागि एक हजार २०० मिटरको रनवेलाई एक हजार ६८५ मिटर पु¥याउनुपर्ने समितिले सुझाव दिएको थियो । ५० वर्षअघि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि गौचरनमा परिणत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन, स्थानीयवासीलाई हवाई यातायात सुविधा र आर्थिक कारोबारका लागि विमानस्थल सञ्चालन हुनुपर्ने माग यहाँका व्यवसायीको रहँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *