महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञानप पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत नगरपालिकाले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । नगर प्रमुख सुरेन्द्र विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा सात बुदेँ माग सहित प्रधानमन्त्री देउवाको ध्यानाकर्षक गराईएको छ ।
नगरपालिकाले बेमौसमी वर्षाका कारण आएको बाढीले पु¥याएको क्षतीको मुल्याकंन गरि पिडीतलाई तत्काल क्षतीपुर्ती दिलाउन संघ सरकारलाई आग्रह गरेको छ । ज्ञापन पत्रमा महाकालीको बाढीका कारण नगरपालिकाको वडा नम्बर ९, १०, ११, १२ र १३ का एक हजार बढी घरधुरी प्रभावित बनेको उल्लेख गरिएको छ । बाढीले किसानले भित्र्याउनै लागेको धान लगायतको अन्नबालीमा ठुलो क्षती पुगेकोकाले त्यसको मुल्याङ्कन गरि उचित राहतको व्यवस्था गर्न नगरपालिकाले संघ सरकारसँग माग गरेको छ ।
त्यस्तै नगरपालिकाले महाकाली नदीको पुर्ण जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्न पनि सरकारलाई अनुरोध गरेको छ । बाढीले महाकाली पुल आयोजनामा ठुलो क्षती पुगेपछि त्यसको निर्माण कार्यमा भएको लापरर्वाही र गुणस्तरमाथि जनस्तरबाट प्रश्न उठेकाले त्यसको तत्काल छानबिनसहित कानुनी पक्रिया अघि बढाउन समेत नगरपालिकाले माग गरेको छ ।
त्यस्तै महाकाली तट किनारको बस्ती खल्ला–मुसेट्टीसँगै चुरे क्षेत्रबाट बग्ने खहरे खोलामा पक्की तटबन्ध निर्माण गर्न समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नगर क्षेत्रमा केपी ओली नेतृत्वको पुर्ववर्ती सरकारले स्वीकृत गरेका योजनामा वर्तमान सरकारले बजेट कटौती गरेकोप्रति पनि नगरपालिकाले ध्यानार्कषण भएको जनाएको छ ।स्र्माट सिटी, ग्रीन बेल्ट रोड, बाह्य चक्रपथ, वडा नम्बर २ देखि १३ सम्मका विभिन्न सडक कालोपत्रेका योजना र रणनीतिक सडक योजनाका लागि अघि सरकारले बजेटको व्यवस्था गरेको भएपनि प्रतिस्थापना बजेटमा ति योजना समावेश भएका छैनन् ।
प्रतिस्थापन बजेटमा पुर्व स्वीकृत योजना नसमेटिएकाले त्यसका लागि बजेट व्यवस्थापन गर्न भीमदत्त नगरपालिकाले प्रधानमन्त्री देउवाको ध्यानार्कषण गराएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।उहाँका अनुसार देउवा कञ्चनपुर आएकै दिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेको थियो । तर प्रधानमन्त्रीले त्यसका लागि समय उपलब्ध नगराउँदा बुझाउन सकिएको थिएन् ।
तत्काल बाढी प्रभावितलाई राहतसँगै दिर्घकालिन समस्या समाधानका लागि नगरपालिकाले संघ सरकारलाई पहल गरेको उहाँको भनाई छ । कञ्चनपुरका सहायक जिल्ला अधिकारी अशोक सिंह भण्डारीमार्फत प्रधानमन्त्रीलाई नगर प्रमुख विष्टसहित उप–प्रमुख सुशिला चन्द सिंह, नगर प्रवत्ता हिमाल चन्द, वडाध्यक्षद्धय डम्बर कार्की, शंकर कुवँर, लक्ष्मीदत्त बोहरा, कार्यपालिका सदस्य कमला देवकोटा, न्यायिक समिति सदस्य प्रशान्त भट्ट लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाईएको हो ।