• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्धारा बाढी पिडितलाई राहत

Byभीमदत्त अनलाइन

१० कार्तिक २०७८, बुधबार १२:५८ १० कार्तिक २०७८, बुधबार १२:५८ १० कार्तिक २०७८, बुधबार १२:५८

महेन्द्रनगर १० कार्तिक ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाढी पिडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले निड्स नेपालसँगको सहकार्यमा खाद्य तथा गैर–खाद्य राहत सामाग्री सहयोग गरेको हो । बुधबार भीमदत्त नगरपालिका–१२ का दुई सय घरपरिवारलाई राहत वितरण गरिको हो । असोज ३१ देखि तीन दिन लगातार परेको बेमौसमी वर्षाका कारण महाकालीको बाढी पसेर वडा नम्बर १२ को विष्णु, बैजनाथ र श्रीनाराण टोल उच्च डुबानमा परेका थिए ।
भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य गिता ओलीले महाकालीमा आएको बाढीका कारण डुबानमा परेको बस्तीका स्थानीयलाई राहत वितरण गरिएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले खाद्य सामाग्री र निड्स नेपालले गैर खाद्य सामाग्री संयुत्त रुपमा बाढी पिडितलाई वितरण गरेको हो ।
नगरपालिकाले वितरण गरेको खाद्य समाग्रीमा २५ केजी चामल, तीन केजी दाल, दुई लिटर तेल र एक केजी नुन रहेको छ । त्यस्तै गैर खाद्य सामाग्रीमा सरसफाई किट, त्रिपाल, पि–फर्म, बाल्टीन रहेको छ । वडाध्यक्ष कृष्ण देउवाले सबै बाढी पिडितलाई राहत वितरण गरिने बताउनु भयो । उहाँले बाढी डुबानका कारण समस्यामा परेका स्थानीय खाद्य तथा गैर खाद्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।
निड्स नेपालकी अध्यक्ष अञ्जु जोशीले भट्टले बाढी प्रभावितको जनजीवन सहज बनाउने उद्देश्यका साथ राहत वितरण गरिएको बताउनु भयो । उहाँका अनुसार स्थानीय तहसँगै सहकार्य र युनिसेफको सहयोगमा राहत वितरण गरिएको हो । बिहिबार वडा नम्बर १३ का बाढी प्रभावितलाई राहत वितरणको योजना रहेको अध्यक्ष भट्टको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *