• Sun. Nov 3rd, 2024

भीमदत्त नगरपालिकाद्धारा व्यवसाय प्रर्वद्धनका लागि डिजिटल मार्केटीङबारे तालिम प्रदान

Byभीमदत्त अनलाइन

१२ चैत्र २०७८, शनिबार २२:१८ १२ चैत्र २०७८, शनिबार २२:१८ १२ चैत्र २०७८, शनिबार २२:१८

भीमदत्त । भीमदत्त नगरपालिकाले निजि क्षेत्रको व्यवसाय प्रर्वद्धनलाई व्यवसायीलाई डिजिटल मार्केटिङबारे तालिम दिएको छ । भीमदत्त नगरपालिकाले नेपाल पर्यटन बोर्डको साझेदारीमा र होटल व्यवसायी संघ कञ्चनपुरको सहयोगमा डिजिटल मर्केटिङ एण्ड प्रोडक्ट प्याकेजिङ सम्बन्धी तीन दिने सञ्चालन भएको गरेको हो ।

तालिमको शनिबार नगर प्रमुख सुरेन्द्र विष्टले समापन गर्नु भएको छ । नगर प्रमुख विष्टले तालिमका ४५ जना सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । तालिममा होटल व्यवसायी लगायत बिजनेस मार्केटिङ अध्ययन गरिरहेका विद्यार्थिहरु गरि करिव ४५ जनाको सहभागिता रहेको थियो ।

तालिममा काठमाडौंका चन्द्र चक्रधर, स्थानीय प्रशिक्षक राजेश भट्ट र होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले डिजिटल मार्केटिङ तथा प्रोडक्ट प्याकेजिङबारे प्रशिक्षण दिनुभएको थियो । नगर प्रमुख विष्टले डिजिटल भीमदत्तको परिकल्पना साकार गर्न सबै क्षेत्रलाई प्रविधिमैत्री बन्न प्रेरित गर्नुभएको बताउनु भयो ।

‘नगरपालिकाले प्रदान गर्ने सेवाहरुलाई अनलाइनका माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाएका छौ । नक्सांकन, जिन्सी व्यवस्थापन, राजस्व, स्वास्थ्य, शिक्षा लगायतका सेवा व्यवस्थापन गर्न हामिले सफ्टवेयर प्रणालिको विकास गरि सेवा प्रवाहलाई जनमैत्री र छिटो छरितो बनाएका छौ ।’ नगर प्रमुख विष्टले भन्नुभयो ।

‘पर्यटन क्षेत्रको दुतको रुपमा रहेका होटल व्यवसायिहरुको प्राविधिक दक्षता अभिवृद्धि गरी व्यवसाय प्रर्वद्धनका लागि पालिका सहकार्य गर्न तयार छ ।’ पेशा व्यवसायको ब्राण्डिङ, मार्केटिङमा आएको नवप्रवर्तनका रणनीतिहरु, कनेक्टिभीटि र प्रचार प्रसार मात्र नभइ बजारीकरण गर्ने नयाँ सिपहरु सिकाउन र पर्यटन उपजहरुको प्रवद्र्धन र विकास गर्न तालिमले सहयोग पुग्ने कुरा भीमदत्त नगरपालिकाको भाषा, संस्कृति तथा पर्यटन प्रवर्द्धन शाखा प्रमुख दिनेश राज भट्टले बताउनुभयो ।

होटल व्यवसायी संघका अध्यक्ष भट्टले नगरपालिकाले दिएको तालिम व्यवसाय प्रवद्र्धनका लागि महत्वपुर्ण रहेको बताउनु हुदैँ पालिकालाई धन्यवाद समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *