कञ्चनपुरको भीमदत्त नगरपालिकाले नागरिक आचार संहिता जारी गरेका छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नगरवासीको महत्वपुर्ण भुमिका रहने भन्दैँ नगरपालिकाले नागरिक आचार संहिता जारी गरेको हो ।
कोभिड–१९ रोगथाम तथा नियन्त्रणका लागि गठीत निर्देशन तथा समन्वय समितिको निणर्य अुनसार सचिवालयले आचार संहिता जारी गरेको हो ।
समितिको कोभिड सचिवालयको सदस्य उत्तम विष्टले संक्रमण नियन्त्रण आम नगरवासीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपीलसहित आचारसंहिता जारी गरिएको बताउनु भयो उहाँका अनुसार नगर प्रमुख सुरेन्द्र विष्टको निर्देशन अनुरुप आचार संहिता जारी गरिएको हो ।
आचारसंहितामा नगरवासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न, निशेधाज्ञा उलंङघन नगर्न र कोभिड विरुद्ध संयुक्त रुपमा मिलेर अघि बढ्न अपील गरिएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले आचारसंहिताको पुर्ण पालन गर्न नगरवासीमा आग्रह गर्ने भएको छ ।
यस्तो छ नगरपालिकाकाद्धारा जारी नागरिक आचारसंसहिता
आदरणीय भीमदत्त नगरवासी दाजुभाई तथा दिदिबहिनीहरु
विश्वभर फैलिदैँ गएको दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोरोना भाईरस( कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ । यस विषम परिस्थीतिबाट नेपालको पश्चिमी नाका गड्डाचौकी मित्र रास्ट्र भारतसँग जोडिएको भीमदत्त नगरपालिका पनि अछुतो रहन सकेको छैन् । यस असमान्य परिस्थितिसँग लड्न र आम नागरिवासीको स्वास्थ्य लाई जोगाउन भिमदत्त नगरपालिका हरसम्भव प्रयायरत रहेको कुरा यहाँहरुमा अवगत नै छ । विश्व महामारीको रुपमा फैलिएको यस कोरोना भाईरसको संक्रमण नियन्त्रण एवम् रोकथामका लागि भीमदत्त नगरपालिकाको एकल प्रयासले मात्रै पुग्ने देखिदैन् । सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरे मात्रै संक्रमणबाट बाच्न सकिन्छ । तसर्थ संक्रमण नियन्त्रण एवम रोकथामका लागि सम्पुर्ण नगरवासी दाजुभाई दिदिबहिनीहरु, टोल विकास संस्था, सरकारी तथा गैर सरकारी संघसंस्था, पेसागत संघ संगठन, उद्योगी व्यवसायी, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी राजनितीक दल तथा आम नागरिकको हातेमालो अपरिहार्य रहेको छ । ’’टुटेर होईन् जुटेर महामारीको सामना गरौँ ’’भन्ने मुल नारालाई मनन् गदैँ आम जन समुदायले पुर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि कोरोना महामारीलाई परास्त गर्नुपर्नेछ । यस महामारीबाट आफु बच्न र अरुलाई पनि बचाउने हाम्रो मुल ध्येयका साथ आमनगरवासी दाजुभाई दिदिबहिनीहरुमा तपशिलका नागरिक आचारसंहिताहरु पुर्ण रुपमा पालना गर्न÷गराउन हुन नगरपालिका परिवार सम्पुर्णमा हार्दिक अपील गर्दछ ।
१. सरकारद्धारा जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण रुपमा पालनमा गर्ने/गराउने ।
२. कोभिड–१९ र नयाँ भेरियन्टकाबारे जनचेतना मुलक सन्देश प्रवाह गरि यसबारे व्याप्त भ्रम हटाउने, सामुदायमा सहि सुचना सम्प्रेषण गर्ने÷गराउने । आत्मबल बढाउने किसिम सन्देश प्रवाह गर्ने फेसबुक लगायतका सामाजिक सञ्जालमा मानिसमा डर, भय सिर्जना हुन किसिमका कोरोना संक्रमणका बारे सामाग्री पोष्ट नगर्ने ।
३.संक्रमणको जोखिम तथा आंशका लागेको व्यक्तिहरुको स्वास्थ्य परिक्षण, आईशालेसन तथा उपचारका लागि आवश्यक सल्लाह तथा सहयोग गर्ने ।
४.होम क्वारेन्टाईन वा आईशोलेसनमा बस्नु पर्ने व्यक्तिलाई निगरानीमा राख्ने तथा बस्ने आग्रह गर्ने । र होम क्वारेन्टाईन वा आईशोलेसनमा बसे÷नबसेकोबारे कोरोना रोकथामका लागि गठित निर्देशन तथा समन्वय समितिको कोभिड सचिवालय तथा स्थानीय जनप्रतिनिधिलाई खबर गर्ने वा सुचना दिने ।
५. घर वा होटल क्वारेन्टाईन वा आईशोलेसनमा बसेका व्यक्तिहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धि जानकारी उपलब्ध गराउने फ्लोअप गर्ने सुचना अध्यावधि गर्ने ऋयलतबअत त्चबअष्लन गर्ने टिमलाई सहयोग गर्ने ।
६. दुई मिटरको भौतिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्ने गराउने । जथाभावी नथुक्ने, फोहोर नगर्ने, प्रयोग गरिएका मास्कलाई सामुदायबाट टाढा लगेर बिर्सजन गर्ने ।
७. ६० वर्षमाथिका नागरिक तथा दिर्घ रोग भएको व्यक्तिलाई घर बाहिर नजान अुनरोध गर्ने । जानै पर्ने भएमा सुरक्षीत तवरले जनस्वास्थ्य मापदण्ड पालन गरि गन्तव्यसम्म पुग्न र फर्किन सहजिकरण गर्ने ।
८. कोभिड १९ विरुद्धको अभियानमा सम्पुर्ण राजनीतिक दल ,स्थानीय संघ सस्था, क्लब, शिक्षक, बुद्धीजीवि तथा स्वयम सेवक ज्युहरुले स्वतस्फुर्त रुपमा परिचालित भई यस महामारी हटाउन सहयोग गर्न अनुरोध गरिन्छ ।
९. कोरोना संक्रमण लक्षण देखिएमा वा आशंका लागेमा वा contract tracing मा परेमा पिसिआर तथा एन्टीजेन परिक्षण गराउने । परिक्षणको रिर्पोट नआउन्जेलसम्म घरमै सुरक्षीत बस्ने, हिडडुल, भेटघाट, बैठक नगर्ने तथा सहभागी नहुने ।
१०. होम आईशोलेसनमा बसेका व्यक्तिहरुले नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहने, स्वास्थ्यबर्द्वक खानेकुरामा ध्यान दिने, नियमित योग, व्ययाम आदि गर्ने । स्वास्थ्य सम्बन्धि कुनै समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा जाने ।
११. टोल प्रवेश गरेका अपरिचित व्यक्तिलाई निगरानीमा राख्ने तथा नजिक सम्पर्कमा नबस्ने । त्यसका लागि टोल विकास संस्थाहरु स्वयमसेवी रुपमा परिचालित हुने ।
१२. निषेधाज्ञमा खटिने सुरक्षाकर्मी र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग एवम् सम्मान गर्ने ।
१३. अत्याआवश्यक काम बाहेक घर बाहिर ननिस्कने । निस्कनै परे स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालन गर्ने ।
१४.आवश्यकता भन्दा बढी खाद्य सामाग्री तथा उपभोग्य सामाग्री भण्डारण नगर्ने ।
१५. नगरपालिकाले जारी गरेको नागरिक आचार संहिताको पुर्ण रुपमा पालन गर्ने/गराउने ।
कोभिड-१९ निर्देशक तथा समन्वय समिती सचिवालय
फोन न- ०९९-५२५३३३
मो न-९८४८८२३०८० ( नरेन्द्र राज जोशी – सदस्य सचिव)
-९८५८७५२६०६( पंकज रावल- फोकल पर्सन)