• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्धारा ५० हजार बिरुवा उत्पादन, निशुल्क विरतणको तयारी

Byभीमदत्त अनलाइन

२८ जेष्ठ २०७८, शुक्रबार २०:०५ २८ जेष्ठ २०७८, शुक्रबार २०:०५ २८ जेष्ठ २०७८, शुक्रबार २०:०५

महेन्द्रनगर २६ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले ५० हजार बिरुवा उत्पादन गरेको छ । नगरपालिकाले डिविजन वन कार्यालयसँगको सहकार्यमा विरुवा उक्त विरुवा उत्पादन गरेको हो । नगरपालिकाले नर्सरीमार्फत बेर्ना तयार पारि उत्पादन गरेका विरुवा तयार भईरहेको नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्नाले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले पर्यावरण र वातावरणको संरक्षणका लागि विरुवा उत्पादन गरेको हो ।

नगरपालिकाको आर्थिक सहयोग र डिविजन वन कार्यालयको प्राविधिक सहयोगमा बेर्ना तयारी पारिएको उनले बताउनु भयो । ‘नगरपालिकाले उत्पादन गरेको बेर्ना लगभग तयार भईसकेको छ ।’ नगरपालिकाका वातावरण अधिकृत ठगुन्नाले भन्नुभयो ‘नियमित पानि पर्न थालेपछि अबको दुई हप्ताभित्रमा विरुवा वितरण सुरु गछौँ ।’ नर्सरीमा लिफ्टीस, सागवान, बकाईनो, तेजपत्ता लगायतको प्रजातिका बिरुवा रहेका छन् । नगरवासीलाई निशुल्क रुपमा बिरुवा वितरण गरिनेछ ।

नगरपालिको हरेक वर्ष विरुवा उत्पादन गरि नगरवासीलाई विरतण गदैँ आएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले पर्यावरणलाई जोउन र वातावरणलाई स्वच्छ राख्न वृक्षारोपण महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले नगरपालिकाले विकाससँगसँगै पर्यावरणको सुरक्षालाई पनि केन्द्र भागमा राखेको बताउनु भयो । नगरपालिकाले महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा नियमित सरसफाई गदैँ आएको छ ।

त्यस्तै फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि एकिकृत फोहारमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको पक्रिया समेत अगाडी बढाएको छ । ‘वातावरण स्वच्छ रहे मात्रै मावन जातीको अतित्व रहन्छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘पछिल्लो समय बढ्दै गएको प्रदुषणले वातावरणको अवस्था नाजुक बन्दै गईरहेको छ, वातारण जोगाउनु सबै नागरिकको कर्तव्य पनि हो, त्यसैले वातावरण जोगाउन वृक्षारोपण, फोहोरमैलाको उचित व्यवस्थापन लगायतका कुरामा ध्यान दिन म सबैमा आग्रह गर्न चाहान्छु । ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *