महेन्द्रनगर २८ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको आन्तरिक मुल्याङकनबाट नजिता प्रकाशन गर्न निर्देशन दिईएको छ । कोरोना संक्रमणका कारण शैक्षीक शस्त्र २०७७ का परिक्षा भौतिक उपस्थितीमा सञ्चालन गर्न नसकिएपछि आन्तरिक मुल्याकंनबाट नजिता निकाल्न नगरपालिकाले विद्यालयलाई निर्देशन दिएको हो ।
शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । यसअघि सञ्चालन भएका पहिलो र दोस्रो त्रैमासिक परीक्षाको प्राप्ताङ्कको औसत अङ्क निकाली निरन्तर विद्यार्थी मूल्यांकनलाई समेत आधार बनाएर नतिजा प्रकाशन गर्न नगरपालिकाले सूचना जारी गरेको छ ।
नगपालिकाले शुक्रबार जारी गरेको सुचना अनुसार आन्तरिक मूल्यांकन र नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्नुपर्ने छ । उक्त समितिमा विद्यालयमा कार्यरत एक जना वरिष्ठ शिक्षक र एक जना कक्षा शिक्षक सदस्य रहने छन् ।
विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न नसकिने भएकाले आन्तरिक मूल्यांकन गर्न लागेको भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी बताउनु भयो । उहाँका अनुसार विद्यार्थीको आन्तरिक मूल्यांकनका विधि र प्रक्रियाहरु स्पष्ट गरिएको र सोही अनुसार विद्यालयलाई नतिजा सार्वजनिक गर्न भनिएको छ ।
साथै आन्तरिक मुल्याङकको नतिजा प्रकाशन पनि अनलाइनबाटै प्रकाशित गरिने छ । त्यस्तै कक्षा १ देखि ७ र ९ को नतिजा विद्यालयले प्रकाशित गर्ने छ भने कक्षा ८ को नतिजा नगरपालिकाले प्रमाणित गरेपछि मात्र प्रकाशन हुनेछ । गतवर्ष समेत कोरोना महामारीकै कारण आन्तरिक मूल्यांकन गरी नतिजा प्रकाशित गरिएको थियो ।
यस्तो छ सुचना ।