• Mon. Nov 4th, 2024

भीमदत्त नगरपालिकाद्धारा व्यवसाय करमा ५ प्रतिशत छुट, जरिवाना पनि नलाग्ने

Byभीमदत्त अनलाइन

११ श्रावण २०७८, सोमबार १५:२७ ११ श्रावण २०७८, सोमबार १५:२७ ११ श्रावण २०७८, सोमबार १५:२७

महेन्द्रनगर ११ साउन ।
कञ्चनपुरको भीमदत्र नगरपालिकाले गत आर्थिक वर्षको राजस्व बुझाउन बाँकी रहेका करदातालाई समय थप गरेको छ । नगरपालिकाले कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष २०७७÷७८ को राजस्व बक्यौता रहेका करदातालाई २०७८ भदौ ५ गतेसम्म समय दिएको हो । उक्त अवधिमा कर बुझाउने करदातालाई व्यवसाय करमा ५ प्रतिशत छुटे दिने नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाको कार्यालयद्धारा सोमबार जारी सुचनामा भदौ ५ गते सम्ममा बक्यौता राजस्व बुझाउने करदातालाई कुनै जरिवाना नलाग्ने समेत उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाले समयमै कर तिरेर सुविधा लिन समेत नगरवासीमा आग्रह गरेको छ ।

यस्तो छ सुचना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *