• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताल सुधारका लागि १० लाख सहयोग

Byभीमदत्त अनलाइन

१८ जेष्ठ २०७७, आईतवार ११:२९ १८ जेष्ठ २०७७, आईतवार ११:२९ १८ जेष्ठ २०७७, आईतवार ११:२९

महेन्द्रनगर,१८ जेठ
भीमदत्त नगरपालिकाले महाकाली अस्पताल सुधारका लागि आर्थिक सहयोग गरेको छ । अस्पताललाई पूर्वाधार, उपकरण र सामाजिक सेवा सुधारका लागि १० लाख सहयोग गरिएको छ ।

नगरपालिकाले आइतबार प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडाको उपस्थितिमा अस्पतालाई १० लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। हरि कुमार श्रेष्ठलाई चेक हस्तान्तरण गर्नु भयो ।

नगर प्रमुख विष्टले अस्पताल सुधारलाई प्राथमिकता दिदैं आएका छन् । स्थानीय तह निर्वाचनपछि अस्पताल सुधारका लागि सहयोग उपलब्ध हुँदै आएको छ । नगर प्रमुख विष्टले महाकाली अस्पताललाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गर्दै आएको बताउनु भयो ।

‘भीमदत्त नगरपालिका अस्पताल सुधार गरि सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन चाहन्छ, त्यसका लागि सहकार्य, सहयोग गरी अघि बढेको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘सहकार्य र सहयोगका लागि निरन्तरता दिन्छौ ।’

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नगर प्रमुख विष्टले अस्पताल सुधारलाई प्राथमिकता दिएर सहयोग गरेको बताउनु भयो । ‘नगरपालिका र नगर प्रमुखज्यूे सहयोग गर्दै आउनु भएको छ, यसका लागि अस्पतालको तर्फबाट धन्यवाद दिन चाहन्छौ’ अध्यक्ष जोशीले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *