• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्वारा बजार अनुगमन, व्यवसायीलाई दिईयो निर्देशन

Byभीमदत्त अनलाइन

१६ जेष्ठ २०७८, आईतवार २१:५० १६ जेष्ठ २०७८, आईतवार २१:५० १६ जेष्ठ २०७८, आईतवार २१:५०

महेन्द्रनगर १६ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा अनुगमन गरेको छ । आईतबार नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,उपभोक्ता हक हित संरक्षण मंच र पत्रकार महासंघ कंचनपुरका प्रतिनिधि लगायतको टोलिले बजार अनुगमन गरेको हो ।

नगरकापालिकाका प्रशासकीय अधिकृत सुवास अभिकारीले स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत बजार अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे÷नगरेको र त्यस्तै गरि उपलब्ध खाद्य वस्तुको लेभलिङ, उपभोग्य अवधी, मुल्य सुचि लगायत व्यवसायीलाई सचेत गराईएको छ ।

स्थानीय बजार अनुगमन टोलीद्वारा महेन्द्रनगर बजारमा रहेका डेरी, खाद्यान्न, मेडिकल तथा एग्रो भेटहरूको अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा पाँच वटा फर्मलाई लिखित सुझाव तथा निर्देशन र १० वटा फर्मलाई मौखिक कानुनसम्मत सञ्चालन गर्न सुझावसहित निर्देशन दिईएको छ ।


भीमदत्त नगरपालिकी उप–प्रमुख शुसिला चन्द सिंहले निशेधाज्ञा तथा महामारीको समयमा हुने सक्ने कालो बजारी लक्षीत गरि बजार अनुमगन गरिएको बताउनु भयो । उहाँले सुपथ मुल्यमा स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउनु नागरिकको अधिकार भएको उल्लेख गदैँ उहाँले नगरपालिका त्यसमा सचेत रहेको बताउनु भयो ।


साथै उपभोत्तालाई पनि कालो बजारी लगायतबारे सुचना उपलब्ध गराउन तथा आफु पनि सचेत हुन उहाँले आग्रह गर्नु भयो । साथै भीमदत्त नगरपालिकाका उन्नाइसै वडाका ग्रामीण बजारमा रहेका पसलहरूको क्रमशः अनुगमन गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *