• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कोरोना विरामीको क्वारेन्टाइनका लागि भीमदत्तमा भवन छनौट

Byभीमदत्त अनलाइन

४ चैत्र २०७६, मंगलवार २०:४१ ४ चैत्र २०७६, मंगलवार २०:४१ ४ चैत्र २०७६, मंगलवार २०:४१

महेन्द्रनगर, ४ चैत
भीमदत्त नगरपालिकामा कोरोना ( कोभिड १९ ) का विरामीहरुको व्यवस्थापनका लागि स्थान तोकिएको छ । भीमदत्त नगरपालिकामा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले कोरोना विरामीलाई आइसिएचमा क्वारेन्टाइन गर्ने निर्णय गरेको हो । आइसिएचको एक सय शैयया भएको भवनमा विरामीहरुको क्वारेन्टाईन गरिने निर्णय गरिएको छ ।

कोरोना विरामीलाई क्वारेन्टाईन गर्नु पर्ने अवस्था आएमा आइसिएचको एक सय शैयया भएको भवन प्रयोग गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनु भयो । ‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी आज नगरपालिकाको अगुवाईमा सबै सरोकारवाला निकायको बैठक गरियो, त्यो बैठकले विरामीको क्वारेन्टाई गर्नु पर्ने अवस्थामा आइसिएचको एक सय शैयया भएको भवन प्रयोग गर्ने निर्णय गरेको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

बैठकले पश्चिमी सीमा नाकामा हेल्थ डेस्कमा स्क्रिनिङ्गका क्रममा देखिएका सम्भावित संक्रमितलाई आइसोलेसनका लागि महाकाली अस्पतालमा रिफर गर्न अस्पतालमा थप व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसैगरी महेन्द्रनगर वसपार्क र सिद्धनाथ मन्दिरमा हेल्थ डेस्क स्थापना र हात धुने मेसिन राख्ने निर्णय समेत गरिएको छ ।  पूर्णागिरी मेलाका दर्शनार्थीहरुलाई मध्यनजर गरी ती दुबै स्थानमा हेल्थ डेस्क स्थापना गर्न लागिएको हो । पश्चिमी सीमा नाका गड्डाचौकीमा यस अघि नै डेस्क सञ्चालन गरिएको छ ।

कोरोना संक्रमण रोक्न सार्वजनिक सवारी साधनमा दैनिक सरसफाई तथा सर्वसाधारणलाई सचेत रहन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । कोरोना संक्रमण विरुद्ध कार्यक्रम सञ्चालनका लागि विभिन्न संघ संस्थाहरुले स्रोत साधन र जनशक्ति दिने निर्णय गरिएको छ । सेती महाकाली नर्सिङ्ग क्याम्पस, फारवृष्ट स्कुल अफ मेडिसिन र नेपाल परिवार नियोजनले कोरोना विरुद्धका कार्यक्रमका लागि जनशक्ति परिचालन गर्ने भएको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटीले टेन्ट र एम्बुलेन्स दिने निर्णय गरिएको छ ।

बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी ब्रह्मदेब र सिद्धनाथ मन्दिरमा लाग्ने पूर्णागिरी मेला केही दिनका लागि स्थगित गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले जानकारी दिनु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकमा भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथ, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, फारवेष्ट स्कुल अफ मेडिसिनका प्रिन्सिपल श्याम सुन्दर झा, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुुरका मन्जु दाहाल, आइसिएच प्रमुख ललितानन्द जोशी, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिह भण्डारी, नेपाल परिवार नियोजन संघ कञ्चनपुरका सभापति कृष्ण प्रसाद पाठक, बासुदेब विष्ट, भवराज रेग्मी, सुरेन्द्र सिह भण्डारी, कमलेश रिजाल, बंशिधर कलौनी, गणेश सिह महता लगायतका सहभागी हुनु भएको छ । भीमदत्त नगरपालिकाले कोरोना संक्रमण फैलिएपछि सुरुदेखि पूर्व तयारी र रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसैबीच भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाका गड्डाचौकीमा सञ्चालन गरेको हेल्थ डेस्कमा ३२ हजारको स्वास्थ्य जाँच गरिएको छ । भीनपाको आधारभूत स्वास्थ्य तथा सरसफार्ई उप शाखाका अनुसार मंगलबार मात्रै तीन हजार बढीको जाँच गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता चन्दले नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य जाँच भई रहेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *