• Mon. Nov 4th, 2024

कोरोना रोकथामको भावी रणनीति बनाउन जनप्रतिनिधिसंग छलफल

Byभीमदत्त अनलाइन

१९ बैशाख २०७७, शुक्रबार १८:१९ १९ बैशाख २०७७, शुक्रबार १८:१९ १९ बैशाख २०७७, शुक्रबार १८:१९

महेन्द्रनगर, १९ बैशाख
भीमदत्त नगरपालिकामा कोरोना संक्रमण( कोभिड १९) रोकथामका लागि गरिएका कार्य, चुनौती र भावी रणनीति सम्बन्धि जनप्रतिनिधिहरुसंग छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा कोरोना रोकथामका लागि हालसम्म गरिएको कार्य प्रगतिको जनप्रतिनिधिहरुलाई जानकारी समेत दिइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख विष्टले कोरोना महामारी संत्रलमण मानव जातिको अस्तित्वसंग सम्बन्धित भएकाले सबैले एकजुट भएर सामना गर्नु पर्ने जोड दिनु भयो ।

‘कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको छ, यो मानव जातीको अस्तित्वसंग जोडिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘भीमदत्त नगरपालिका यस महामारी विरुद्ध सुरुदेखि सक्रिय रुपमा लागेको छ, सबै पक्षको साथ र सहयोगका साथ अघि बढेको छ, यो महामारी विरुद्ध अझै सशक्त रुपमा जानका लागि भावी रणनीति बनाउन सुहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
कार्यक्रममा नगरपालिकाले कोरोना संक्रमणका लागि हालसम्म गरेको कार्य र देखिएका चुनौतीबारे जानकारी दिएको छ । भीमदत्त नगरपालिका फागुन महिनादेखि कोरोना भाईरस संक्रमण रोकथामका लागि सक्रिय रुपमा लागेको थियो ।

सरकारले लकडाउन घोषणाको दुई दिन अघि नै स्थानीय प्रशासनसित समन्वय गरी भीमदत्त नगरपालिकालाई लकडाउन गरिएको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण भीमदत्त नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा थियो ।

कार्यक्रममा पूर्व उप सभामुख भोजराज जोशी, पूर्व साँसदहरु राम कुमार ज्ञवाली, उर्वादत्त पन्त, लाल बहादुर बिक, आनन्दी पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, पूर्व जिल्ला विकास समितिका उप सभापति राजेन्द्र सिह रावल, भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल, पूर्व उप प्रमुख यज्ञराज चटौत, समाजसेवी धर्मराज जोशी लगायतका सहभागी हुुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *