महेन्द्रनगर, २३ भदौ
भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको लोगो लगाएका छन् । भीमदत्त नगरपालिकाका सभा कक्षमा सोमबार कार्यक्रम गरी सबै जनप्रतिनिधिहलाई लोगो वितरण गरिएको छ ।
भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले नगर उप प्रमुख सुशिला चन्द सिहलाई लागो वितरण गरी कार्यक्रम उद्घाटन गर्नु भयो । नगर उप प्रमुख चन्दलाई लागो वितरणपछि नगर प्रमुख विष्ट र नगर उप उप प्रमुख चन्द दुबै वडा अध्यक्ष र सदस्यहरुलाई संयुक्त रुपमा लागो वितरण गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख विष्टले कार्यपालिकाबाट लागो बनाउने निर्णय गरी सार्वजनिक सूचना आव्हान गरी प्रतिस्पर्धाबाट लागो डिजाइन गरी छनौट गरिएको बताउनु भयो । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारको लागो र झण्डा हुने व्यवस्था छ, त्यस अनुसार नगरको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, कृषि, वन क्षेत्र, सबै झल्किने गरी लागो बनाएका छौ’ नगर प्रमुख विष्टल भन्नु भयो, ‘यसबाट जनप्रतिनिधिको पहिचान हुनेछ, अब जनप्रतिनिधिले लोगो लगाएर सार्वजनिक कार्यक्रममा सहभागी हुने छन् ।’
नगर प्रमुख विष्टले लोगोमा नेपालको झण्डा, भीमदत्तको नक्सा, चुरे, तराई, बाह्रसिंगा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, समथर भूमि, कृषि बाली सबैको प्रतिनिधित्व हुने गरी लागो बनाइएको बताउनु भयो । ‘यो लोगोमा नेपाली झण्डा, तराईका समथर फाँट, चुरे, निकुञ्ज र भीमदत्तको प्रमुख समृद्धिको आधारको रुपमा रहेको झोलुङ्गे पुल सहित सबैलाई समेटिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।
नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट लगायतका सहभागी हुुन भएको छ । भीनपाका प्रशासकीय अधिकृत हरि सिह धामीले कार्यक्रम सञ्चालन गर्नु भयो ।
विकल्प समाचार