• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकामा डेंगु सचेतना कार्यक्रम

Byभीमदत्त अनलाइन

१ आश्विन २०७६, बुधबार १७:५४ १ आश्विन २०७६, बुधबार १७:५४ १ आश्विन २०७६, बुधबार १७:५४

महेन्द्रनगर, २ असोज
भीमदत्त नगरपालिकामा डेंगु सचेतनाका लागि प्रचारप्रसारका कार्यक्रम सुरु गरिएका छन् । भीमदत्त नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले प्रचारप्रसारका कार्यक्रम सुरु गरेको छ ।

उप शाखाका प्रमुख भीम बहादुर महराले देशभर डेंगु संक्रमण देखिएपछि नगरपालिकामा क्षेत्रमा सतर्कता अपनाएको बताउनु भयो । वहाँले भन्नु भयो,‘ अहिले देशभर डेंगुको संक्रमण छ, भीमदत्त नगरपालिका पनि यसको जोखिममा छ’ उप शाखा प्रमुख महराले भन्नु भयो,‘नगर क्षेत्रमा यसको संक्रमण फैलिन नदिन सक्दो प्रयास गरिएको छ, सचेतना जगाउन प्रचारप्रसार कार्यक्रम गरिरहेका छौ, सतर्कता अपनाएका छौ ।’

उप शाखा प्रमुख महराले डेंगु सम्बन्धी सर्वसाधारणलाई सचेत गराउन प्रचारप्रसारका लागि पर्चा पम्पलेट वितरण गरिएको बताउनु भयो ।
नगरपालिकाले केही दिनभित्रै सर्च एण्ड डिस्ट्रोई अभियान सञ्चालन गर्ने तयारी गरिएको उपशाखा प्रमुख महराले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *