• Thu. Nov 14th, 2024

भीमदत्त नगरपालिकामा भारतबाट घर फर्किएका वासिन्दा स्वास्थ्यकर्मीको निगरानीमा

Byभीमदत्त अनलाइन

२४ बैशाख २०७७, बुधबार १३:५५ २४ बैशाख २०७७, बुधबार १३:५५ २४ बैशाख २०७७, बुधबार १३:५५

महेन्द्रनगर, २४ बैशाख
भीमदत्त नगरपालिकामा भारतबाट घर फर्किएका वासिन्दालाई निगरानीमा राखिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि घर फर्किएका वासिन्दामाथि निगरानी गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि भीमदत्त नगरपालिकाका एक हजार वासिन्दा भारतबाट घर फर्किएका छन् । ती सबै वासिन्दामाथि स्वास्थ्यकर्मी परिचालन गरी निगरानी गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्वास्थ्यकर्मी परिचालन गरी भारतबाट घर फर्किएका वासिन्दामाथि निगरानी गरिएको बताउनु भयो । ‘कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएपछि भारतबाट भीमदत्त नगरपालिकामा एक हजार वासिन्दा घर फर्किएको तथ्याङ्ग छ, नगर प्रमुख विष्टले भन्नु भयो,‘घर फर्किएकाहरु कहाँ कसरी बसेका छन्, केही समस्या छन्, कि भनेर स्वास्थ्यमर्की परिचालन गरी सबैमाथि आवश्यक निगरानी गरिएको छ ।’

भीमदत्त नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले सबै वडाका स्वास्थ्य संस्थालाई कोरोना संक्रमण रोकथामका लागि सक्रिय गराएको छ । स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र राज जोशीको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

पश्चिमी सीमा नाका गड्डाचौकी र अन्य खुला कारण भीमदत्त नगरपालिकालाई कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइएको छ । भीमदत्त नगरपालिकामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट कोरोना रोकथामका लागि सुरुदेखि कोरोना रोकथामका लागि सक्रिय रुपमा लाग्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *