महेन्द्रनगर, १७ जेठ
भीमदत्त नगरपालिकाका विपन्न र भूमिहिन परिवारले यस वर्ष आफ्नै घरमा बस्न पाउने भएका छन् । यस वर्ष नगरपालिकामा जनता आवाश कार्यक्रम अन्र्तगत २२ परिवारका घर निर्माण हुन लागेका हुने । ती सबै परिवारको घर निर्माण सुरु गरिएको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन् । जनता आवाश कार्यक्रम गत वर्षदेखि सञ्चालन गरिएको थियो ।
जनता आवाश कार्यक्रम अन्र्तगत सबैभन्दा बढी वडा नं. ९ र १० मा १०÷१० घर निर्माण हुन लागेका छन् । वडा नं. ९ को जमुनाभाडीको वादी समुदायको वस्तीमा घर बनाउन थालिएको छ । वादी समुदाय पुस्तौदेखि भूमि विहिन छ ।
कार्यक्रम अन्र्तगत वडा नं. ३ र ६ मा एक÷एक घर निर्माण सुरु गरिएको छ ।
ती सबै घर शौचालय सहितको दुई कोठाका छन् । घर निर्माण सुरु गरिएपछि भूमिहिन विपन्न परिवार खुुसी छन् ।
गत वर्ष भीमदत्त नगरपालिकाका कार्यक्रम अन्र्तगत १५ परिवारका घर निर्माण गरिएका थिए ।
घर निर्माणमा साँसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट ५० लाख, भीमदत्त नगरपालिका १० लाख र हेभिवेटको २० लाख खर्च साझेदारी गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिहले घर निर्माणको स्थलगत अनुमगन गर्नु भएको छ ।