• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकामा राहत अनुगमन

Byभीमदत्त अनलाइन

२१ बैशाख २०७७, आईतवार २०:११ २१ बैशाख २०७७, आईतवार २०:११ २१ बैशाख २०७७, आईतवार २०:११

महेन्द्रनगर २० बैशाख
भीमदत्त नगरपालिकाले लकडाउनका कारण समस्या परेका वासिन्दालाई वितरण गरिएको राहतको अनुगमन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह नेतृत्वको समितिले सबै वडामा अनुगमन गरेको छ ।

भीमदत्त नगरपालिकाका १९ ओटै वडामा झण्डै सात हजार वासिन्दालाई सरकारी मापदण्ड अनुसार राहत वितरण गरिएको छ । राहत अनुगमन समितिका संयोजक नगर उप प्रमुख चन्दले सबै वडामा राहत वितरणको अनुगमन गरिएको बताउनु भयो ।

‘कोरोनो महामारीका बेलामा गरिएको लकडाउनका कारण समस्यामा परेको मजदुर, विपन्न लगायतका वासिन्दालाई राहत वितरण गरिएको छ, त्यो मापदण्ड अनुसार वितरण गरिएको नगरिएको, लक्षित समुदायसम्म पुगे नपुगेको लगायतलाई अनुमगनमा हेरिएको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो ।

समितिले राहत अनुगमन प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने छ । भीमदत्त नगरपालिकाले सरकारी मापदण्ड अनुसार एकद्वार प्रणालीका आधारमा सबै वडामा राहत वितरण गरेको हो ।

नगर उप प्रमुख चन्द नेतृत्वको अनुमगन समितिमा न्यायिक समिति सदस्य सन्तोसी साउँद ऐरी, अधिकारकर्मी भवराज रेग्मी र नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *