• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाको स्वास्थ्यमा ठूलो उपलब्धि

Byभीमदत्त अनलाइन

२२ पुष २०७६, मंगलवार १६:२० २२ पुष २०७६, मंगलवार १६:२० २२ पुष २०७६, मंगलवार १६:२०

महेन्द्रनगर, २२ पुस
भीमदत्त नगरपालिकाका एक दर्जन बढी वडामा यस वर्ष बर्थिङ्ग सेन्टर सहितका आधारभूत सेवा केन्द्र सञ्चालन
गरिने भएका छन् । भीमदत्त नगरपालिकाका स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न लागिएका हुन् ।

स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था सञ्चालन गर्ने सरकारी नीति अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य केन्द्र निर्माण गरी सेवा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्र निर्माण गरी सञ्चालनका लागि बजेट आएको छ ।

भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले सरकारी नीति अनुसार स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य केन्द्र निर्माण गरी सञ्चालन गरिने बताउनु भयो ।
‘सबै वडामा स्वास्थ्य संस्था पुगाउने सरकारी नीति छ, त्यस अनुसार यस वर्ष नगरपालिकामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्न बजेट आएको छ’ जनस्वास्थ्य अधिकृत जोशीले भन्नु भयो, ‘त्यस अनुसार सेवा केन्द्र निर्माण गरी सञ्चालन गर्छौ ।’

जनस्वास्थ्य अधिकृत जोशीले यस तीन वडामा बर्थिङ्ग सेन्टर सहितको आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आउने बताउनु भयो । ‘तीन वडामा बर्थिङ्ग सेन्टर सहितको सेवा केन्द्रको संरचना निर्माण गरी सञ्चालनमा आउँछ, अन्यमा सेवा केन्द्र मात्रै सञ्चालनमा आउँछ’ जनस्वास्थ्य अधिकृत जोशीले भन्नु भयो ।

भीनपाका वडा नं. २, ४ र ६ मा बर्थिङ्ग सेन्टर सहितको सेवा केन्द्र सञ्चालनमा आउन लागेको हो । यी बाहेक वडा नं. ३, ५, ८, ११, १२, १३, १४, १५, १८ र १९ मा सेवा केन्द्र सञ्चालन गर्न लागिएका हुन् । नयाँ संस्था थपिएपछि भीनपाका सबै वडामा स्वास्य संस्था हुने छन् ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सबै वासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा पुगाउन स्वास्थ्य संस्था नभएका वडामा वडा स्वास्थ्य इकाई सञ्चालन ल्याउनु भएको छ ।
७ हजार भन्दा बढी जनसंख्या भएका वडाका लागि बर्थिङ्ग सेन्टर सहितका स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएको
हुन् । त्यसका लागि दुई कट्टा जमिन चाहिने आवश्यक परेको छ । यसैगरी बर्थिङ्ग सेन्टर बाहेकका केन्द्रका लागि भवन बनाउन एक कट्टा जमिन चाहिने भएको छ ।

स्वास्थ्य केन्द्रबाट खोप सेवा, परिवार नियोजन, गर्भवति एबम् शिुशु जाँच, साधारण प्रसूति, नव जात शिशु सेवा, डट्स सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगको परामर्श एबम् स्क्रिनिङ्ग, औषधि वितरण, स्वास्थ्थ्य प्रवद्र्धन, समान्य उपचार लगायतका सेवाहरु प्रवाह गरिने छन् ।

सेवा केन्द्रमा हेल्थ असिस्टेन्ट वा अहेब एक जना स्टाफ नर्स वा अनमी लगायतका जनशक्ति परिचालन हुने भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा अधिकृत भीम सिह महराले बताउनु भयो । ‘मन्त्रालयबाट छनौट गरिएका वडामा जग्गा खोजी गरी छिटो भवन निर्माण गरी सेवा सञ्चालन गर्छौ’ अधिकृत महराले भन्नु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बर्थिङ्ग सेन्टर सहितको सेवा केन्द्रका लागि ६३ लाख र अन्यका लागि ३८ लाख बजेट विनियोजन गरिएको छ । अधिकृत महराले सेवा केन्द्र सञ्चालनले वडामा संस्था थपिएर सेवा प्रवाहमा सहजता हुने बताउनु भयो ।

भीनपामा हाल वडा नं. १० र १० मा बर्थिङ्ग सेन्टर सहितको सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । नगरपालिकामा आधा दर्जन सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । भीनपा १० मा जिमुवा स्वास्थ्य चौकी सञ्चालनमा छ । स्थानीय तह निर्वाचनपछि वडा नं. १३, १८ लगायतका वडामा वडा स्वास्थ्य इकाई सञ्चालन गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *