• Thu. Nov 14th, 2024

युवाको पहलमा भीमदत्त नगरपालिकालाई काठमाडौंका दुई जनाको खाद्यान्न सहयोग

Byभीमदत्त अनलाइन

१२ बैशाख २०७७, शुक्रबार १८:५७ १२ बैशाख २०७७, शुक्रबार १८:५७ १२ बैशाख २०७७, शुक्रबार १८:५७

महेन्द्रनगर, १२ बैशाख
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी( नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउद लगायतले भीमदत्त नगरपालिकाका गरीव र विपन्न वासिन्दाका लागि सहयोग जुटाउनु भएको छ । युवा संघका नेता साउँदले काठमाडौंका प्रविन श्रेष्ठ र साबु सुनारबाट खाद्यान्न सहयोग जुटाउनु भएको हो । खाद्यान्न सहयोग शुक्रबार भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

संघका केन्द्रीय सदस्य साउँद सहित एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एबम् महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, युवा व्यवसायी किरण साउदले नगर प्रमुख विष्टलाई ८५ बोरा खाद्यान्न हस्तान्तरण गर्नु भयो ।

सो अवसरमा नगर प्रमुख विष्टले नगरपालिकाका विपन्न र दैनिक मजदुरी गरि गुजारा चलाउने परिवारका लागि पहल गरी खाद्यान्न संकलन गर्ने युवा र सहयोगीहरुलाई धन्यवाद ज्ञावपन गर्दै आभार प्रकट गर्नु भयो । संघका केन्द्रीय सदस्य साँउद, संघका अर्का सदस्य दिपक डोटेल सहित अस्पतालका अध्यक्ष जोशी, व्यवसायी साउँद र उद्यमी किरण साउदले खाद्यान्नका लागि पहल गर्नु भएको थियो । यसैगरी युवाले चार बोरा चामल अन्य विपन्न परिवारलाई समेत वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *