महेन्द्रनगर, २७ चैत
निर्माण व्यवसायी निरञ्जन प्रसाद भट्टले लकडाउनमा परेका विपन्न परिवारका लागि भीमदत्त नगरपालिकालाई खाद्यान्न सहयोग गर्नु भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान वरिष्ठ उपाध्यक्ष भट्टले बिहीबार २५ कट्टा चामल सहयोग गर्नु भएको छ ।
व्यवसायी भट्टल बिहीबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई चामल हस्तान्तरण गर्नु भएको छ ।
कोरोना भाईरस संक्रमण रोकथामका लागि गरिएको लकडाउन कारण विपन्न परिवार समस्या परेकाले मानवीय सेवाका आधारमा सहयोग गरिएको व्यवसायी भट्टले बताउनु भयो ।
भट्ट भीनपा–१५ गोबरैयास्थित निङ्गलार्शैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र उदयदेब बहुउद्देश्यीय सहकारीका संस्थाका कोषाध्यक्ष समेत हुनु हुन्छ ।