महेन्द्रनगर २२ बैशाख ।
भारतसँग जोडिएको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्टीङ सेन्टर निर्माण गरिने लागेको छ । भारतबाट फकिर्ने नेपालीलाई कोरोना संक्रमण परिक्षण अवधीसम्म राख्नका लागि नाकामा होल्डीङ सेन्टर निर्माण गरिन लागेको हो ।
भीमदत्त नगरपालिकाले नेपाली सेना लगायत अन्य साझेदार संस्थाहरुसँगको सहकार्यमा नाकामा होल्डीङ सेन्टर निर्माण गरिरहेको हो । सीमामा स्थायी होल्टीङ् सेन्टर बनाउने सरकारको निणर्य भएपछि त्यसका लागि आवश्यक बजेट नपठाउँदा नगरपालिकाले आफ्नै श्रोतसाधनबाट अस्थायी होल्डीङ सेन्टर निर्माण गर्न लागेको हो ।
सेन्टर बनाउन प्रदेश सरकारले प्रतिवद्धता जनाएका पनि निर्माण कार्यमा चाँसो नदीदाँ भीमदत्त नगरपालिकाले निर्माण कार्य थालेको छ ।
होल्डिङ सेन्टर निमार्णमा निड्स नेपाल र नेपाली सेनाले मद्दत गरिरहेका छन् । होल्डीङ सेन्टर निर्माणको जिम्मेवारी पाएका निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सेन्टर निर्माण कार्य अगाडी बढी सकेको बताउनु भयो । उहाँकानुसार सेन्टर निर्माणका लागि बाँस र त्रिपालको व्यवस्था भईरहेको छ ।
‘नगरपालिकाबाटै तत्काल होल्टीङ सेन्टर निर्माणका लागि निर्देशन भएको छ ।’ कार्यकारी निर्देश रेग्मीले भने ‘आजसम्ममा बाँस आईपुग्छ भोली(बिहिबार) बाट नेपाली सेनाले होल्टीङ् सेन्टर निर्माण कार्य सुरु गर्छ ।’ उहाँका अनुसार नाकामा एक हजार जना अटाउन सक्ने क्षमताको महिला र पुरुषका लागि छुट्टाछुट्टै होल्टीङ सेन्टर तयार गरिने छ ।
होल्डिङ सेन्टरमा भीमदत्त नगरपालिकाले सेन्टरको लागि चाहिने आवश्यक बाँस लगायतका सामाग्री जुटाउन आर्थिक सहयोग गर्नेछ । भने नेपाली सेनाले सेन्टर निर्माणसँगै त्यसलाई सञ्चालनको जिम्मा लिनेछ । साथै निड्स नेपालले त्रिपालको व्यवस्थापन गरिरहेको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले नाका तत्काल होल्टीङ सेन्टर निर्माणका लागि निर्देशन गरिएको बताउनु भयो । उहाँका अनुसार संक्रमणको दर बढ्दैँ जाँदा नाकामा आउने नेपालीको संख्या बढी रहेकोले जतिसक्दो चाँडो होल्डीङ् सेन्टर निर्माण गर्ने पक्षमा नगरपालिका रहेको बताए ।
“सरकारले स्थायी रुपमा भारत सँग जोडिएका सिमा क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाउने भनेर निर्णय गरेको थियो, निर्णय गरेको भएपनि बजेट व्यवस्थापनको कुरामा ढिलाई भयो ।” भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले भन्नु भयो “स्थायी रुपमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको भएपनि नगरपालिकाले नेपाली सेना, निड्स नेपाल सँग साझेदारी गरेर अस्थायी रुपमा भएपनि होल्डिङ सेन्टर निमार्ण गर्न लागेको हो, केही दिनमा नेपाली सेनाले अस्थायी रुपमा निमार्ण गर्नेछ ।”
सरकारीले स्थायी रुपना बनाउने भनेपनि नगरपालिकाले स्वदेश फर्कने नेपाली नागरिकको सहजताका लागि केही दिनको लागि भएपनि अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गर्न लागेको नगर प्रमुख विष्टको भनाई छ ।