• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाले गर्यो सेवा निवृत्त शिक्षकलाई सम्मान

Byभीमदत्त अनलाइन

२२ भाद्र २०७६, आईतवार २०:५० २२ भाद्र २०७६, आईतवार २०:५० २२ भाद्र २०७६, आईतवार २०:५०

महेन्द्रनगर, २२ भदौ
भीमदत्त नगरपालिकाले नगर क्षेत्रका विभिन्न विद्यालयहरुबाट अवकाश पाएका शिक्षकरुलाई सम्मान गरेको छ । ५३ आंै अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं शिक्षा दिवसको अवसरमा शिक्षकहरुले शिक्षा क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिकाको सभा कक्षमा आयोजना गरिएको शिक्षा दिवस समारोह कार्यक्रममा अवकाश पाएका शिक्षकहरुलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सेवा निवृत्त सबै शिक्षकहरुलाई टीका लगाएर दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गर्नु भयो ।

सो अवसरमा नगर प्रमुख विष्टले सामुदायिक शिक्षाको विकास र समृद्धिमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त भएकोमा उच्च प्रशंसा गर्दै शैक्षिक जीवनका विभिन्न उपलब्धिलाई नगरको शैक्षिक विकासमा सहयोगी हुने बताउनु भयो ।
‘आज सम्मानित हुनु भएका सबै शिक्षक गुरु वर्गले लामो समयसम्म शिक्षाको उन्नति, विकास र समृद्धिमा योगदान दिनु भयो, यसका लागि भीमदत्त नगरपालिका उच्च प्रशंसा गर्दै सम्मान व्यक्त गर्दछ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अब वहाँहरुको यो सीप, क्षमता, दक्षतालाई नगरको शैक्षिक विकासमा प्रयोग हुने आशा र अपेक्षा राखेको छु ।’ नगर प्रमुख विष्टले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गदैै शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले गम्भीर हुनु पर्नेमा जोड दिनु भयो ।

सिद्धनाथ अमर माध्यमिक विद्यालयका नारायणदत्त भट्ट, बाल जागृति आधारभूत विद्यालयका कालुराम भट्ट, सिद्धनाथ अमर माध्यमिक विद्यालयका गड्डाचौकीका पुष्पराज पन्त, सिद्धनाथ अमर माविकै बामदेब भट्ट, जानकी कन्या माविका मदन कुमार जोशी, सिद्धनाथ मावि जिमुवाका दान सिह कार्की, निङ्गलाशैनी मावि गोबरैयाका विष्णुदत्त भट्ट, महेश्वर मावि सुकासालका डम्बर सिह थापा, बैजानथ आधारभूत वनकट्टीका रुकुम विष्ट, महेन्द्रनगर मावि (साधारण) उदयप्रकाश साउँद र जनता आधारभूत विद्यालय भुजेलाका भवानीदत्त भट्ट सम्मानित हुनु भयो ।

 

यसैगरी महाकाली आधारभूत विद्यालयका मान बहादुर क्षेत्री, महाकाली जनसेवा मावि हल्दुखालका दत्तराम मिश्र, भृकुटी माविका केशवदत्त पन्त, विश्वेश्वर प्रसाद कोइराला आधारभूत विद्यालय ओदालीका भवानीदत्त भट्ट, सिद्धनाथ मावि जिमुवाका गोबिन्द प्रसाद भट्ट, जिमुवाकै शंकरदत्त भट्ट, नव दुर्गा कालिका आधारभूत विद्यालयका देब सिह कुँबर, सरस्वती मावि परखेडीका उमेद बहादुर भण्डारी, सिद्धनाथ मावि जिमुवाका धर्मानन्द जोशी, बैजनाथ सिद्धनाथ मावि मटेनाका नारायण सिह विष्ट, सरस्वती मावि परखेडीका डबल बहादुर विष्ट र महाकाली जनसेवाका मनिराम बोहरालाई पनि सम्मानित हुनु भएको छ ।

भीमदत्त नगरपालिकाको सभा कक्षमा गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट सहित जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र कर्मचारीहरु सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *