• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाले जित्यो १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

Byभीमदत्त अनलाइन

१० फाल्गुन २०७९, बुधबार ०८:४७ १० फाल्गुन २०७९, बुधबार ०८:४७ १० फाल्गुन २०७९, बुधबार ०८:४७

महेन्द्रनगर । १३ औं जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डको उपाधी भीमदत्त नगरपालिकाले जितेको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा जिल्लाको बेलौरी नगरपालिका–२ स्थित लक्ष्मी माध्यमिक विद्यालय जबदिया ,गोकुलपुरको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १० रजत र ८ कास्य गरि जम्मा ३९ पदक जित्दै भीमदत्त नगरपालिकाले जिल्लास्तरीय १३ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।

प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । द्धितिय स्थान हासिल गरेको शुल्काफाँटा नगरपालिकाले ९ स्वर्ण, १३ रजत, र ८ कास्य गरि ३० पदको जितेको छ भने तितृय स्थान हासिल गरेको कृष्णपुर नगरपालिका ४ स्वर्ण, ५ रजत, ६ कास्य संगै १५ पदक हात पारेको छ । जिल्ला छनोट प्रतियोगितामा छनोट भएका खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट हुँदै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगितामा जिल्लाका नौँ वटै पालिका १ हजार ८८ छात्र÷छात्रा खेलाडीको सहभागिता रहेको थियो । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्को अध्यक्षतामा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता समापन कार्यम्रमका प्रमुख अतिथि बेलौरी नगरपालिका नगरप्रमुख पोतिलाल चौधरी ,विशिष्ट अतिथि भीमदत्त नगरपालिका नगरप्रमुख पदम बोगटी , कृष्णपुर नगरपालिका नगरप्रमुख हेमराज ओझा, भीमदत्त नगरपालिका,कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख क्रमश नीलम लेखक जोशी,द्रोपती राना, विभिन्न पालिकाका वडाध्यक्षहरु, विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि,खेलाडी, सञ्चारकर्मी,सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले विजेयी खेलाडीहरुलाई बधाई दिदैँ केही सातापछि कैलालीमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा लाग्न खेलाडीहरुलाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *