महेन्द्रनगर, २७ कार्तिक
एसिया प्रशान्त क्षेत्रमा नगरपालिका लगायतका संघ संस्था सम्मिलित सिटीनेटले भीमदत्त नगरपालिकालाई पूर्ण सदस्यता प्रदान गरेको छ । सिटीनेटको हालै ललितपुर महानगरपालिका सम्पन्न ३८ औं कार्यकारी समितिको बैठक, सम्पदा तथा दिगो पर्यटन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भीमदत्तलाई पूर्ण सदस्यता प्रदान गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सदस्यता ग्रहण गर्नु हुँदै सिटीनेटको पूर्ण सदस्यताले भीमदत्त नगरपालिकाको विकास र समृद्धिमा नयाँ आयाम थपिएको बताउनु भयो । ‘सिटीको सदस्यता भीमदत्त नगरपालिकाका लागि गौरबको क्षण हो, यसबाट भीमदत्तको विकास र समृद्धिको सपना पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको छु’ नगर प्रमुख विष्टले भन्नु भयो,‘सिटीनेटसंग नगरको विकास र साझेदारीका लागि सदा सहकार्य र समन्वय गरी जानेछौ ।’
सिटीनेटको बैठक तथा सम्मेलनमा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट सहित भारत, चीन, कोरिया, ईन्डोनेसिया, मलेशीया, फिलिपिन्स र जापानका विभिन्न नगरका प्रमुख, उप प्रमुख सहित संघ संस्थाहरु सहभागी भएका थिए ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट यस अघि दक्षिण कोरियामा सम्पन्न Tourism Promotion Organization For Asia Pacific Cities (TOP) को नवौ साधारण सभामा सहभागी हुुनु भएको थियो । साधारण सभाबाट भीमदत्त नगरपालिकाले त्इए सदस्यता पाएको थियो ।