• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाले महाकाली अस्पतालाई अक्सिजन खरिदका लागि पाँच लाख सहयोग गर्ने

Byभीमदत्त अनलाइन

११ मंसिर २०७६, बुधबार ११:५० ११ मंसिर २०७६, बुधबार ११:५० ११ मंसिर २०७६, बुधबार ११:५०

महेन्द्रनगर, ११ मंसिर
भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको ३९ औं बैठकले अक्सिजन खरिदका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गत महिना अस्पतालमा आयोजना गरिएको अस्पताल सुधार सम्बन्धि कार्यक्रममा अस्पताललाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो । नगर प्रमुखको घोषणा अनुसार केही दिन अघि कार्यपालिका बैठकबाट सहयोग गर्ने निर्णय गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले नगर कार्यपालिकाको ३९ बैंठकबाट अस्पताललाई अक्सिजन खरिदका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरिएको बताउनु भयो ।

‘नगर क्षेत्रभित्रका वासिन्दाहरुको श्वासप्रश्वासमा आउने समस्या समाधानका लागि कार्यपालिका बैठकबाट अस्पताललाई पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ’ नगर प्रवक्ता पाण्डेयले भन्नु भयो,‘यसले अस्पतालको अक्सिजन खरिदका लागि देखिएको आर्थिक अप्ठेरो हल गर्न सहयोग पुग्छ ।’

सुदूरपश्चिम प्रदेश मातहत आएको तत्कालिन महाकाली अञ्चल अस्पताल अहिले महाकाली अस्पताल नामाकरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आफ्नो पदभार ग्रहण गरेपछि अस्पताल सुधारका पहल गर्दै आउनु भएको छ ।

नगर प्रमुख विष्टले पहिलो वर्ष अस्पतालको गुरु योजना निर्माण गरी अस्पतललाई हस्तान्तरण गर्नु भएको थियो । गत वर्ष आर्थिक वर्षमा शव गृहलाई मर्करी चेम्बर खरिदका लागि सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *