महेन्द्रनगर । सामाजिक विकास सेवा केन्द्र नेपालले भीमदत्त नगरपालिका वडा नं. १४ मा आयोजना गरेको वडा स्तरिय भेट्रान फुटबल प्रतियोगिता समापन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन कार्यक्रम गरिएको छ ।
समापन खेलमा नगर प्रमुख विष्टले बल हस्तान्तरण गर्नु भयो । समापनमा सृजना टोल र महाकाली टोल बिच भएको खेल निकै रोमाञ्चक भएको थियो ।
नर्धारित समय र थपिएको समयमा कुनै गोल हुन नसकेपछी पेनाल्टीद्वारा विजेता टुंगो लगाइएको थियो । जसमा सृजना टोलले महाकाली टोललाई ३–२ गोलले पछाडि पार्दै ट्रफी जितेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व रतनपती जोशीले गर्नु भएको थियो। प्रमुख अतिथिले मन्तव्य राख्ने क्रममा कोरोनाबाट जोगिदै, स्वास्थ मापदण्ड पूरा गरि दैनिक दिनचर्या अगाडि बढाउन नगर बासिन्दाई आग्रह् गर्नु भयो ।
स्थानीय सरकार आएपछि वडा न.१४ ले बिकास निर्माणमा धेरै फड्को मारेको अगामी दिनमा पनि वडाको बिकासका लागि लागिपर्ने कुरा राख्दै विकाससंगै खेलकुद पनि अपरिहार्य रहेकोले खेल क्षेत्रमा लगानी गर्ने कुरा बताए ।