• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिका भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण गर्ने देशकै पहिलो पालिका

Byभीमदत्त अनलाइन

१६ माघ २०७९, सोमबार ०८:२४ १६ माघ २०७९, सोमबार ०८:२४ १६ माघ २०७९, सोमबार ०८:२४

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका भू–उपयोग क्षेत्रको कित्तागत वर्गिकरण गर्ने देशकै पहिलो पालिका बनेको छ । नगरपालिकाले भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण सम्पन्न गरि आइतबार वर्गीकरण विवरण मालपोत कार्यालय,नापी कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई हस्तान्त्ररण गरेको छ ।

आइतवार एक कार्यक्रमका विच नगर प्रमुख पदम बोगटी,नगर उपप्रमुख नीलम लेखक जोशी,प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले संयुक्त रुपमा नगरपालिकाको भू–उपयोग क्षेत्रको वर्गीकरण विवरण तथा नक्सा मालपोत,नापी कार्यालयका प्रमुख,जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई हस्तान्त्ररण गर्नु भएको हो । भीमदत्त नगरपालिका भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण गर्ने पहिलो नगरपालिका भएको नगर प्रमुख पदम बोगटीले बताउनु भयो ।

‘ नेपाल सरकारले २०७९ जेठ २३ गते राजपत्रमा भू–उपयोग नियमावली प्रकाशन गरि लागु गरेपछी जग्गाको बर्गीकरण नहुदा नगरवासी समस्या झेल्दै आएका थिए ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘हामी निर्वाचित भएदेखी नै कित्ताकाट खोल्न हामीले निरन्तर काम अगाडी बढायौँ । र आज देशमै भीमदत्त नगरपालिका भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण गर्ने पहिलो पालिका बनेको छ ।’ उहाले अगाडी भन्नुभयो ‘अन्य पालिकाहरुले क्षेत्रगत मात्रै वर्गीकरण गरेका छन् । कित्तागत वर्गीकरण गरेका छैनन् ।’

उक्त कार्यक्रम नगर प्रमुख बोगटीले अब केहि दिनमा कित्ताकाट खुल्ने र सेवाग्राहीलाई सहज हुने बताउनु भयो । यस्तै कार्यक्रमका बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ‘लामो समयदेखी भू–उपयोग क्षेत्रको वर्गीकरण नहुदा सेवाग्राहीलाई समस्या परिहरेको थियो । आज भीमदत्त नगरपालिकाले भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण गरेकोमा खुशी लागेको छ ।’

भीमदत्त नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मलेलनमा नगर प्रवत्ता महेन्द्र खड्काले नेपाल सरकारको भु–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ अनुसार भीमदत्त नगरपालिकाले जग्गाको बर्गिकरण गरेको बताउनु भयो । नगरपालिका भित्रको जग्गा संरक्षण गर्न र खण्डिकरण नहोओस् भन्ने उद्देश्यले जग्गालाई प्रमुखगरी बसोबास र कृषि क्षेत्र लगायत १० वटा क्षेत्रमा वर्र्गीकरण गरिएका प्रवत्ता खड्काले बताउनुभयो । प्रवक्ता खड्का अनुसार १९ वटै वडामा रहेको व्यक्तिगत तथा सार्वजनिक जमिनको कित्ता अनुरुप वर्गीकरण गरिएको छ ।

‘नगरपालिकाको भू–उपयोग अन्र्तगत ९७ हजार १ सय ५२ कित्तालाई हामीले भू–उपयोग ऐन २०७६ तथा भू–उपभोग नियमावली २०७९ को मापदण्ड तथा आधारका अतिरिक्त भू–उपयोग परिषद्ले तयार गरेको १३ बुदेँ मापदण्डको आधारमा जमिनको वर्र्गीकरण गरेका छौँ ।’ प्रवत्ता खड्काले भन्नुभयो । भू–उपयोग ऐन २०७६ तथा भू–उपभोग नियमावली २०७९ को मापदण्ड तथा आधार एवम् १३ बुँदे मापदण्ड अनुसार भीमदत्त नगरपालिकामा कृषि ४.२, व्यवसायिक २.४, साँस्कृतिक ०.०८, जंगल ०.९, तालतलैया १.७, औद्योगिक ०.०४, खनिज ०.०१, आवास ६१.२१, सार्वजनिक २९.३६ र अन्य ०.०९ जग्गा रहेको छ ।

साविक महेन्द्रनगर नगर विकास समिति एवम् शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रकोे जमिन र जोखिम क्षेत्रलाई यथावत राख्ने गरी अन्य जमिन भू–उपभोग ऐन र नियमावली अनुरुप वर्गीकरण गरिएको हो । उहाँकाअनुसार कसैको जग्गा कृषि हुनुपर्नेमा आवासीय भए वा भू–उपयोग क्षेत्र परिवर्तन गर्नु परे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरण सहित नगरपालिमा निवेदन दिनुपर्ने र स्थानिय भू–उपयोग परिषद्को बैठकमा भू–उपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेश गर्छ र प्रदेश भू–उपयोग परिषद्मा पठाउछ र प्रदेश भू–उपयोग परिषद्ले संघिय भू–उपयोग परिषद्लाई पठाउँछ र संघिय भू–उपयोग परिषदले औचित्य पुष्ठि भएपछि परिवर्तन गर्न स्विकृत दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *