• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिको सातौ नगर सभा : एक अर्ब ४६ करोडको बजेट पेश

Byभीमदत्त अनलाइन

४ असार २०७७, बिहीबार १७:४९ ४ असार २०७७, बिहीबार १७:४९ ४ असार २०७७, बिहीबार १७:४९

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा हो । नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७र०७८ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिने छ ।

नगर सभामा आगामी बर्षका लागि एक अर्ब ४६ करोड ७५ बजेट सहित नीति कार्यक्रम पेश गरिएको छ । कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको छ । गत बर्ष एक अर्ब ३० करोड बजेट बिनियोजन गरिएको थियो ।

नगर उप प्रमुख सुशिला चन्द सिंहले निति, कार्यक्रम बजेट प्रस्तुत गर्नु भएको छ । अहिले नीति कार्यक्रम तथा बजेटमाथी छलफल गरिएको छ ।नगर सभालाई सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार र लाल बहादुर खडकाले सम्बोधन गर्नु भएको छ ।

प्रदेश सभा सदस्य पूर्व राज्य मन्त्री रावलले नगर सभाबाट पारित योजना कार्यान्वयनका लागी प्रदेश सरकार सहकार्य गर्ने बताउनु भयो । ‘स्थानीय सरकारले पास गर्ने योजना कार्यक्रममा प्रदेश सरकार सहकार्य र समन्वय गरी जाने प्रतिवद्वता गर्दछ’ पूर्व मन्त्री रावलले भन्नु भयो ।

कोरोना महामारिका कारण भारतबाट घर फर्किएका नागरिकलाई रोजगरी दिने गरि बजेट आउनु पर्ने उनले बताउनु भयो । रोजगारीका लागी भारत जानु पर्ने बाध्यता सधैका लागी अन्त्य गर्नु पर्ने पूर्व राज्य मन्त्री रावलको भनाई थियो ।

भारतबाट घर फर्किएकालाई रोजगारीका लागी कृषि उत्पादन कार्यक्रम सन्चालन गरिनु पर्नेमा रावलले जोड दिनु भयो ।
स्थानीय तहले भारतबाट आउने तरकारीको आयात रोक्न गरि बजेटमा कार्यक्रम ल्याउनु पर्ने रावलले बताउनु भयो ।

पूर्व राज्य मन्त्री रावलले कृषिमा आधारित उद्योग पहिचान र सिचाई कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आयात न्यूनिकरण हुने गरि प्रदेश सरकारले बजेट ल्याएको मन्त्री रावलको भनाई थियो ।

प्रदेश सभाका अर्का सदस्य मान बहादुर सुनारले भीमदत्त नगरपालिकाले तीन बर्षमा बिकास निर्माणमा फड्को मारेको उल्लेख गर्दै सातौ नगर सभाबाट नगर बिकासको ठोस नीति र कार्यक्रम पारित हुने विश्वास व्यक्त गर्नु भयो ।

कोरोना महामारीका कारण बिश्व समस्यामा परेकोले यस बिरुद्द जन प्रतिनिधिले देखाएको साहस महत्वपूर्ण भएको उनले बताउनु भयो । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउ बिमानस्थल, महाकाली अस्पताल सुधार लगायतका ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको प्रदेश सदस्य सुनारको भनाई छ ।

सभासद् सुनाले सीमा अतिक्रमण बिरुद्ध सबैले एकजुट भएर आवाज उठाउनु पर्ने जोड दिनु भयो । भारतले चीनसंग मिलेर नेपाल आफू विरुद्द उभिएको भन्ने गलत आरोप लगाइ रहेको उल्लेख गर्दै सभासद् सुनारले नेपाल आफ्नो भूमि फिर्ताका लागि सधैं संघर्ष गर्ने बताउनु भयो ।

नगर सभालाई सम्बोधन गर्दै अर्का प्रदेश सभा सदस्य लाल बहादुर खडकाले स्थानिय तहका माग अनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताउनु भयो । सभासद् भीमदत्त नगरपालिकाले कोरोना भाइरस परिक्षणका लागी पिसिआर मेसिन किन्ने निर्णय गरेकोमा धन्यबाद दिदै प्रदेस सरकार सक्दो सहयोग गर्ने बताउनु भयो ।

प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण । व्यवसायिकरणका कार्यक्रम ल्याएको बताउनु भयो । एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै खडकाले अनुदानका कार्यक्रमलाई बजेटमा समाबेश नगरिएको खडकाले बताउनु भयो । अनुदानका कार्यक्रमबाट जिवन स्तरमा सुधार आउन नसकेको सभाुद् खड्काको भनाई थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको अध्यक्षतामा नगर सभा सुरु भएको छ । नगर प्रमुख विष्टले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरि आगामी वर्षको निति, कार्यक्रम बजेट पेश गरिएको बताउनु भयो ।
बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबरी निर्माण लगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *