महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगर प्रमुख सुरेन्द्र बिष्टको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमका बिच नगरलाइ पुर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरेको छ ।
कार्यक्रममा नगर उप–प्रमुख सुशीला चन्द सिंह, नि.प्रमुख प्रशासकीय अधिकृत कृष्ण दत्त पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख तामाङ्गले भीमदत्त नगरपालिकाले हरेक क्षेत्रमा राम्रो काम गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा पनि अरुको तुलनामा यो न.पा. अगाडि रहेको र छिट्टै जिल्ला स्तरमा पनि यस्ता कार्यक्रम गर्न लागि परेको बताउनु भयो ।
घोषणा सभाका अध्यक्ष अध्यक्ष एवम नगर प्रमुख विष्टले सबैको सहयोगले यहा सम्म आइपुगेका र आउने दिनहरुमा पनि कर्मचारी, जनप्रतिनिधि, स्वयंसेविका, जनता सबैको सहयोगमा स्वास्थका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
सदरमुकामको नगरपालिका भएकोले यहाँ धेरै नगरपालिका बाहिरका मान्छे नि बसोबास गर्ने हुदा सबैलाई स्वास्थ्य सेवाको पहुचमा ल्याउन जरुरी रहेको र यस्मा हामी सबैको पहुचमा स्वास्थ्य सेवा पु¥याउन लागि परेको कुरा जानकारी गराउनु भयो। कोभिडज्ञढ बाट बच्न सबैलाई सतर्क रहन अनुयोध गर्नु भएको छ।
यस कार्यक्रममा १९ सै वडाका स्वास्थ्य सस्थाहरुलाइ सम्मानपत्र प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रम स्वास्थ्य अधिकृत भिम बहादुर महराले संचालन र नगर उप–प्रमुख, पत्रकार महासंघका अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालय कंचनपुर प्रमुख ले मन्तव्य राख्नु हुँदै स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै अगाडि बढ्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।