-
भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र बिष्ट ज्यूको अध्यक्षतामा समिक्षा बैठक बसि न.पा. अन्तरगतका विभिन्न शाखा, उपशाखाहरुले यो आर्थिक बर्षको ८ महिना सम्म भए गरेका कामहरुको प्रगतिको प्रस्तुति प्रस्तुत गर्नु भएको छ। उक्त समिक्षा बैठकमा जनप्रतिनिधि, कर्मचारीहरुले सकारात्मक सुझाव, पृष्टपोषण सहित आ-आफ्ना भनाइ र अगामी दिनहरुमा यो भन्दा राम्रो तरिकाले नगरपालिकालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा आ-आफ्ना सुझाव सल्लाह, टीका-टिप्पणी गर्नु भएको छ। नगर प्रमुखले आफ्नो भनाइ राख्दै सबैले आ-आफ्नो शाखामा देखिएका कमि-कमजोरीको समिक्षा गर्दै सुधारका लागि आजै देखि के-कसरी योजना बनाउन सकिन्छ त्यस्को तयारी र कार्यान्वयन गर्न निर्देशन गर्नुका साथै एक अर्का शाखाका बिचमा समन्वय, सहकार्य गर्दै जनमुखी सेवा प्रदान गर्न टिमवर्क सहित अगाडि बड्न सबैलाइ आग्रह गर्नुभएको छ।