महेन्द्रनगर, ८ माघ
भीमदत्त नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४२ वर्ष प्रथम स्थापना दिवस समारोहमा विभिन्न क्षेत्रमा योगदान पुगाएका व्यक्तित्वलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको छ ।
नगरपालिकाले किसान नेता भीमदत्त पन्तका सेना जन्तु चौधरीलाई सहित भीमदत्त किसान पुरस्कार र नगरपालिकाले गंगाराम गिरीलाई सहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार प्रदान गरेको छ । दुबै जनालाई नगद १५ हजार १ सय सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यसैगरी भीमदत्त नगरपालिका १० का माधव जोशीलाई सहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार, साहित्यकार बासुदेब भट्ट भाईसावलाई पहलमान सिह स्वार साहित्य पुरस्कार, उत्तम बहादुर सिहलाई जयपृथ्वी बहादुर सिह मानवतावादी पुरस्कार, नरी चन्दलाई बाकावीर खेलकूद पुरस्कार, ऋषिराज लुम्सालीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार, पूर्व जिल्ला शिक्षा अधिकारी लोकमणीलाई जोशीलाई द्वारिकादेबी ठकुरानी शिक्षा पुरस्कार प्रदान गरिएको छ । सबैलाई नगद ११ हजार १ सय सहित सम्मान पत्र प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिका वडा नं. ६ का मदन चन्दलाई असहाय सेवा सहयोग पुरस्कार, हरिदत्त लेखकलाई विज्ञान प्रविधि पुरस्कार, देबदत्त भट्टलाई वन वातावरण संरक्षण पुरस्कार, व्यवसायी दान सिह ठकुराठीलाई उत्कृष्ठ करदाता पुरस्कार, डा. प्रमोद जोशीलाई एनडी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र अशोक महरालाई प्रेम सिह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद ११ हजार १ सय सहित सम्मान पत्र प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ्गले दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नु भयो । नगर उप प्रमुख सुशिला चन्द सिहले व्यवसायी ठकुराठीलाई पुरस्कार प्रदान गर्नु भयो ।
स्थानीय तह निर्वाचनपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बसेको कार्यपालिका बैठकले सुदूरपश्चिम क्षेत्रमा जन्मिएर राष्टूका विभिन्न क्षेत्रमा योगदान पुगाएका व्यक्तित्वहरुको सम्मानमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।