• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त स्थापना दिवसः विभिन्न विधामा पुरस्कृत र सम्मानीत हुनेको नामावली सार्वजनिक

Byभीमदत्त अनलाइन

७ माघ २०७८, शुक्रबार २०:१९ ७ माघ २०७८, शुक्रबार २०:१९ ७ माघ २०७८, शुक्रबार २०:१९

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४४ औँ वर्ष प्रवेश तथा तेस्रो स्थापना दिवस मनाएको छ । स्थानीय सरकारको नेतृत्वपछि हरेक वर्ष मनाईदैँ आएको स्थापना दिवस यस वर्षपनि मनाईएको हो । पहिलो र दोस्रो स्थापना दिवस भव्य कार्यक्रम गरि मनाएको भीमदत्तले यस पटक भने कोरोना संक्रमणका कारण सामान्य कार्यक्रम गरि दिवस मनाईएको हो ।

भीमदत्त नगरपालिकाका सिमित जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा नगरपालिकाले आपसी शुभकामना आदान–प्रदानसहित स्थापना दिवस मनाएको हो । उक्त कार्यक्रम दिवसको अवसरमा नगरपालिकाले विभिन्न विधामा दिदैँ आएको पुरस्कार तथा सम्मानित हुने व्यत्तित्वहरुको नामावली पनि सार्वजनिक गरेको छ ।  नगरपालिकाले देश र नगरका लागि महत्वपुर्ण योगदान गरेका नगरवासिलाई १४ विधामा नगदसहित पुरस्कृत गर्दै आईरहेको छ भने उत्कृष्ट कर्मचारीलाई पनि सम्मानसहित प्रशांसा पत्र दिने निणर्य गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सरेन्द्र विष्टले ईतिहास नै पहिचान भएकाले नगरपालिकाले स्थापना दिवसलाई विशेष प्राथमिकताका साथ मनाउदैँ आएको बताउनु भयो । उहाँका अनुसार भव्य समारोहका बिच स्थापना दिवस मनाउने योजना भए पनि कोरोना संक्रमण र सरकारले जारी गरेको निर्देशिका अनुसार सामान्य रुपमा दिवस बनाईएको हो ।

दिवसका अवसरमा भीनपा–को वडा कार्यालय भवन शिलान्यास, १३ को वडा कार्यालय भवन उद्धघाटन, प्रवेशद्धार र प्रतिक्षालय पनि उद्धघाटन गरिएको छ । कोरोना संक्रमणको अवस्था सामान्य भएपछि औपचारिक कार्यक्रम आयोजना गरि पुरस्कार र प्रसंसापत्र प्रदान गरिने नगर प्रमुख विष्टले बताउनु भयो । साथै अगामी दिनमा सम्मान कार्यक्रमलाई थप व्यवस्थीत बताउनु पर्ने उहाँको भनाई छ ।

त्यस्तै उप–प्रमुख सुशिला चन्द सिंहले भीमदत्तको ईतिहास र गौवरलाई झल्काने स्थापना दिवसलाई निरन्तर मनाउनु बताउनु भयो । उहाँले स्थानीय तहको सरकार नेतृत्वपछि भीमदत्तमा विकासको आधार तयार भएको उल्लेख गनुहुदैँ विकासलाई साझा सवालको रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर चन्दले पालिकाकाले अवलम्बन गरेको विकास नीति र परम्परालाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो ।

यस्तो छ पुरस्कृत तथा सम्मानित हुनेहरुको नामावली

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *