भीमदत्त ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित भीमदत्त प्रवेशद्धार र विपी प्रतिक्षालय उद्धघाटन गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगर–झुलुङ्गे सडक खण्डको वडा नम्बर १३ स्थित वडा प्रवेशद्धार र विपी प्रतिक्षालयको उद्धाघाटन गर्नुभएको हो ।
एसियाकै दोस्रो लामो झुलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली चारलेन पुल आयोजना लगायत पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गरि स्वागत प्रवेशद्धार र प्रतिक्षालय निर्माण गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।
उद्धघाटन कार्यक्रममा नगर प्रमुखसहित उप– प्रमुख सुशिला चन्द सिंह, वडाध्यक्ष लाल बहादुर शाही लगायतको सहभागीता रहेको थियो ।