• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त–१३ मा नमुना बस्तीको शिलान्यास

Byभीमदत्त अनलाइन

१५ जेष्ठ २०८०, सोमबार २१:०३ १५ जेष्ठ २०८०, सोमबार २१:०३ १५ जेष्ठ २०८०, सोमबार २१:०३

महेन्द्रनगर । भीमदत्त–१३ मा नमूना बस्ती निर्माण अभियानको शुभारम्भ तथा शिलान्यास गरिएको छ । सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा भीमदत्त–१३ को सोनापुर टोललाई नमूना बस्ती निर्माण अन्तर्गतको अभियानको शुभारम्भ तथा शिलान्यास गरिएको हो ।

वडाध्यक्ष रामचन्द्र बोहराले भीनपा–१३ को अति विपन्न सोनापुर टोललाई नमूना बस्ती बनाउने प्रयत्न स्वरुप अभियानको थालनी गरेको बताउनुभयो । देश विदेशका विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट आर्थिक सहयोग जुटेमा सोनापुर टोलबासीहरुको उद्धार गर्न मद्धत मिल्ने उहाँले बताउनुभयो ।

सोमबार चर्चित टिकटक स्टार अंशु वर्मा, गैरक्षक अभियान गुरु हरिसरण महाराज लगायतका समाजसेवी तथा स्थानीयहरुको उपस्थितीमा उक्त नमूना बस्ती सिलान्यास गरिएको हो ।

उक्त टोलमा ३० घरधुरी रहेका छन् । वडामा यसवर्ष एक लाख मात्रै उक्त नमूना वस्ती निर्माणका लागि बजेट रहेको र अन्यका लागि पहल गरिरहेको वडाध्यक्ष बोहराको तर्क छ । झण्डै दुई साता अघि उक्त टोलमै वडाध्यक्ष बोहराले हाटबजारको समेत उद्घाटन गरेर सञ्चालनमा समेत ल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *