• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त–२ को वडा कार्यालयद्धारा पाँच वर्षे प्रमुख उपलब्धी सार्वजनिक

Byभीमदत्त अनलाइन

३ बैशाख २०७९, शनिबार १७:३१ ३ बैशाख २०७९, शनिबार १७:३१ ३ बैशाख २०७९, शनिबार १७:३१

भीमदत्त ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच वर्षे उपलब्धी सार्वजनिक गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भएका उपलब्धीहरु शनिबार पत्रकार सम्भेलनमार्फत सार्वजनिक गरेको हो ।

वडा कार्यालयले संघ, प्रदेश र नगरपालिकासँगको सहकार्यमा थुप्रै कामहरु सम्पन्न गरेको जनाएको छ । उत्तरमा पुर्वपश्चिम महेन्द्रराजमार्गसंगै जोडिएको भीमदत्त नगरपालिका २ युवा वडाध्यक्ष डम्बर कार्की(डिके)को नेतृत्वको भौतीक पुर्वाधार निर्माणदेखि सामाजिक विकास कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

स्थानीय नागरिकबाट २ कट्टा जमिन प्राप्त गरेर वडा कार्यालय भवन निर्माण गरि वडावासीलाई सेवा प्रवाह गरिएको छ । पाँच बर्षको अवधिमा वडामा पूर्वाधार सडक तर्फ ९ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल र ४ किलोमिटर पानीपिच, ८ किलोमिटर ट्याक खोल्ने काम भएको छ । ‘विगतमा कालोपत्रे नभएका सडक कालोपत्रे गरिएका छन, ‘वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘नखुलेका सडकको ट्याक खोल्ने काम ग्राभिल गरिएका सडक पानीपिच, पानी विच गरिएका सडक कालोपत्रे गछौँ ।’ भाँसीखोला र कांगला खोलाबाट उर्बराखेती जोगाउन १.५किलोमिटर तटबन्ध गरिएको छ ।
५५ स्थानमा ह्युमपाईप निर्माण, ९ कल्र्भट निर्माण, बेदकोट ९ जोड्ने कनकट्टी खोलामा पुल निर्माण ठेक्का प्रकृयामा रहेको छ । वडामा विद्यमान अव्यवस्थित विद्युतको समस्या हटाउँदै उज्यालोका लागि सडक बत्ति जडान गरिएका छन ।
स्वास्थ्य सेवा प्रवाहका लागि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य जारी रहेको र वडाबाटै १०हजार ८ सय नागरिकलाई स्वाथ्य सेवा प्रदान गरिएको छ ।
३ सय ३५महिलालाई परिवार नियोजन सेवा, २ सय ६४ घर परिवारलाई झुल वितरण, ८ हजार ६ सय ६४जनालाई कोरोना महामारी बिरुद्ध खोप र १ हजार ४ सय ७८जनालाई टाईफाई बिरुद्धको खोप लगार्ईएको छ ।

जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि खानेपानीको योजना निर्माण गरिएको छ । ३१किलोमिटर खानेपानीको पाईप विस्तार गरेर वितरण अन्तिम चरणमा पुगाईएको छ । वडामा रहेको एक मात्र सामुदायिक सरस्वती मावि विद्यालयको भौतिक पुर्वाधार एव गुणस्तरिय शिक्षाका लागि थुप्रै योजना लागु गरिएका छन । १० कोठे भवन मध्ये ४ कोठा निर्माण र ६ निर्माणाधिन अवस्थामा रहेका छन ।
विद्यालयमा शुद्ध खानेपानी, विज्ञान प्रयोगशाला, पुस्तकालय, विपन्न विद्यार्थीलाई छात्रवृति वितरण,खेल समाग्री वितरण, अतिरिक्त कृयाकलाप, विद्यालयमा स्मृति पार्क निर्माण गरिएको छ । जेष्ठ नागरिकको हौसला प्रदानका लगि अनुभव आदान प्रदान भ्रमण गराईएको छ । निःशुल्क योग संचालन, वडामा रहेका थारु पहाडी समुदायको लोक संस्कृति जोर्गेना गर्न उत्प्रेरित कार्यक्रम संचालन गरिएका छन । जनता आवास कार्यक्रम अन्र्तरगत विपन्न परिवारको घरमा टिनको छानो निर्माण गरिएको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व हस्तान्तरणका लागि समेत कामकाज अघि बढेको उहाँले बताउनु भयो ।
अति विपन्न एव १सय १० युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन विभिन्न सीपमुलुक तालिम प्रदान गरिएको छ । कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु गरेर किसानलाई व्यवसायीक कार्यतर्फ उन्मुख गराईएको छ । किसानलाई सीपयुक्त तालिमदेखि अनुदानका कार्यक्रम वितरण गरिएका छन ।
वडाले आर्थिक, समाजिक, साँस्कृतिक क्षेत्रमा थुप्रै उपलब्धी प्राप्त गरेको अध्यक्ष कार्कीको दावि छ । ‘हामीले जति विकास गरौँला सोचेको थिए, विवित कारणबाट त्यो पुरा गर्न सकेका छैनौँ, ‘अध्यक्ष कार्कीले भन्नुभयो दुई बर्ष लगातार कोरोना महामारी, माथिबाट आवश्यकता अनुसार बजेट पाईएन ।’ साथै उहाँले नगरपालिकाको नेतृत्वबाट वडाको विकासमा महत्वपुर्ण सहयो मिलिको समेत बताउनु भयो ।
चालु आर्थिक बर्ष २०७८÷०७९मा वडाले चैत्र मसान्त सम्ममा ११ लाख १७ हजार, ४सय ४१ रुपैया आन्तरिक राजस्व संकलन गरिसकेको छ । केही दिन अघि नगर प्रमुख सुरेन्द्र विष्टले पनि नगरपालिकाका पाँच वर्षे प्रमुख उपलब्धीहरु सार्वजनिक गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *