• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त ५ न. वडा कार्यालय भवन निर्माणकार्य सुरु,

Byभीमदत्त अनलाइन

११ बैशाख २०७८, शनिबार २१:०५ ११ बैशाख २०७८, शनिबार २१:०५ ११ बैशाख २०७८, शनिबार २१:०५

भीमदत्त नगरपालिका वडा न.५  वडा कार्यालय भवनको निर्माण सुरु गरिएको छ । एक बिशेश कार्यक्रम बिच लोकतन्त्र दिवसको अवसर पारी नगर प्रमुख सुरेन्द्र बिष्ट द्वारा भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। वडा कार्यालय भवन बनाउन स्थानीय मोहन चन्दको परिवारले दुई कठ्ठा जमिन दान दिएका हुन् । शिलान्यास कार्यक्रममा जग्गादाता चन्द परिवारलाई सम्मान गरिएको छ ।  भवन शिलान्यास कार्यक्रममा भीमदत्तका नगर प्रमुख बिष्टले वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधा सहज रुपमा प्रवाह गर्न कार्यालय भवन बनाउन लागिएको बताए । स्वर्गीय  वडा अध्यक्ष मदन बहादुर चन्दप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विकास निर्माणमा राखेको लक्ष्यलाई पूरा गरिने बताए ।  भीमदत्त नगरपालिका सबै नगरवासीको साथ र सहयोगबाट विकास र समृद्धिमा अघि बढेको उल्लेख गर्दै नगर प्रमुख बिष्टले मझगाउँ विमानस्थल सञ्चालन, सुख्खा बन्दरगाह सञ्चालन, महाकाली कोरिडोर निर्माण लगायतका विकास ठूला योजना सञ्चालनका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको धारणा राखे ।  एक वर्षमा भवन निर्माण पूरा हुने गरी निर्माण व्यवसायीसित सम्झौता गरिएको छ । वाइआर र अमृत जेभीले एक करोड ६७ लाखमा भवन निर्माण ठेक्का लिएको छ ।  भीमदत्त नगरपालिका वडा नं. ५ का कार्यवाहक अध्यक्ष राधिका थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सिंह , भी.न.पा ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसी, भीनपाका वडा सदस्यहरु सुरेश घटाल, देबकी लुहार, कार्यपालिका सदस्य मदन सेरालो, कमला देवकोटा, कर्मचारी, पत्रकार स्थानीय लगायतका सहभागी भएका थिए।

भीमदत्त नगरपालिका वडा न.५ वडा कार्यालय भवनको निर्माण सुरु गरिएको छ । एक बिशेश कार्यक्रम बिच लोकतन्त्र दिवसको अवसर पारी नगर प्रमुख सुरेन्द्र बिष्ट द्वारा भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। वडा कार्यालय भवन बनाउन स्थानीय मोहन चन्दको परिवारले दुई कठ्ठा जमिन दान दिएका हुन् । शिलान्यास कार्यक्रममा जग्गादाता चन्द परिवारलाई सम्मान गरिएको छ ।

भवन शिलान्यास कार्यक्रममा भीमदत्तका नगर प्रमुख बिष्टले वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधा सहज रुपमा प्रवाह गर्न कार्यालय भवन बनाउन लागिएको बताए । स्वर्गीय वडा अध्यक्ष मदन बहादुर चन्दप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विकास निर्माणमा राखेको लक्ष्यलाई पूरा गरिने बताए ।

भीमदत्त नगरपालिका सबै नगरवासीको साथ र सहयोगबाट विकास र समृद्धिमा अघि बढेको उल्लेख गर्दै नगर प्रमुख बिष्टले मझगाउँ विमानस्थल सञ्चालन, सुख्खा बन्दरगाह सञ्चालन, महाकाली कोरिडोर निर्माण लगायतका विकास ठूला योजना सञ्चालनका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको धारणा राखे ।

एक वर्षमा भवन निर्माण पूरा हुने गरी निर्माण व्यवसायीसित सम्झौता गरिएको छ । वाइआर र अमृत जेभीले एक करोड ६७ लाखमा भवन निर्माण ठेक्का लिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ५ का कार्यवाहक अध्यक्ष राधिका थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सिंह , भी.न.पा ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसी, भीनपाका वडा सदस्यहरु सुरेश घटाल, देबकी लुहार, कार्यपालिका सदस्य मदन सेरालो, कमला देवकोटा, कर्मचारी, पत्रकार स्थानीय लगायतका सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *