• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भृकुटी माविले हरित वाटिका बनाउँदै, भीमदत्तका मेयर सहितले गरे वृक्षारोपण

Byभीमदत्त अनलाइन

१० भाद्र २०७७, बुधबार ११:०४ १० भाद्र २०७७, बुधबार ११:०४ १० भाद्र २०७७, बुधबार ११:०४

महेन्द्रनगर :  भृकुटी माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । विद्याल हाताभित्र हरित बाटिका निर्माणका लागि अशोकका विरुवा रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, शिक्षा शाखा प्रमुख हरि दत्त जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल भट्ट सहित विद्यालयका शिक्षक कर्मचारी सहभागी हुनु भएको छ ।

विद्यालयले वृक्षारोपण कार्यक्रममा सहभागी भएकोमा नगर प्रमुख विष्ट सहित सबैमा धन्यवाद दिएको छ । विद्यालयलाई समाजसेवी करन बोहराले अशोकका विरुवा सहयोग गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *