• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

महाकालीको पुल सात घण्टा खोल्न पहल गर्छु : विधायक धामी

Byभीमदत्त अनलाइन

१६ पुष २०७६, बुधबार २३:१३ १६ पुष २०७६, बुधबार २३:१३ १६ पुष २०७६, बुधबार २३:१३

महेन्द्रनगर, १६ पुस
नेपाल भ्रमण बर्षको शुभारम्भ कार्यक्रममा सहभागी भारतको उत्तराखण्ड प्रदेशका विधायक पुष्कर सिंह धामीलाई नगर प्रमुख सुरेन्द्र बिष्टले टोपी र खादा लगाई सम्मान गर्नु भएको छ ।

म्मान कार्यक्रममा बोल्दै विधायक धामीले सीमावर्ती नेपाल र भारतका बासिन्दाको बोली भाषा, रीतिरिवाज, पूजा पद्धति र संस्कृतिको बर्षौ पुरानो सम्बन्ध रहेको बताउनु भयो । नेपाल अतिथिको सम्मान गर्ने देशसंगै पर्यटकको आर्कशक गन्तव्यको देश रहेको बताउनु भयो ।

भारतीय पर्यटकीय क्षेत्रमा नेपाली व्यवसायीले बस सञ्चालन गर्ने कुरालाई मैले निकै गहन रुपमा लिई भारतीय परिवहनका निर्देशक संग कुरा गरे छु’ विधायक धामीले भन्नु भयो, ‘वनवसा पुल पहिला तीन घण्टा मात्रै खुल्थ्यो । नेपाली बासिन्दाको सहजताका लागि थप चार घण्टा गरी सात घण्टा खुल्ने पहल गरेको छु ।’

भीमदत्त नगरपालिकाको निमन्त्रणमा बुधबार विहान गड्डाचौकी आएका विधायक धामीले आफूलाई नेपाल भारत समान लाग्ने गरेको बताउनु भयो । ‘उताबाट यता आउँदा पनि खासै फरक हुँदैन’ विधायक धामीले भन्नु भयो, ‘हामबीच यस्तो रोटीबेटीको सम्बन्ध छ ।’ भीमदत्र नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विधायक धामीलाई नेपाली टोपी लगाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *