• Fri. Nov 8th, 2024

महाकालीमा अक्सीजन प्लान्ट स्थापनाका लागि भीमदत्तद्धारा चार सदस्यीय अध्ययन टोली गठन

Byभीमदत्त अनलाइन

२५ बैशाख २०७८, शनिबार २१:४५ २५ बैशाख २०७८, शनिबार २१:४५ २५ बैशाख २०७८, शनिबार २१:४५

महेन्द्रनगर २५ बैशाख ।
विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कञ्चनपुरमा पनि संक्रमण बढ्दो छ । अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सीजनको आवश्यकता छ ।

महाकाली अस्पतालमा अहिले दाताको भरमा अक्सीजन आपुर्ती भईरहेको छ । कोरोना संक्रमण तत्काल रोकिने संकेत नदेखिएकोले दिर्घकालिन आपुर्तीका लागि अक्सीजन प्लान्ट स्थापना गर्नु पर्ने माग उठिरहेको छ ।

यसैबिच महाकाली अस्पतालमा प्लान्ट स्थापनाका लागि भीमदत्त नगरपालिकाले अग्रसरता देखिएको हो । नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि निर्देशन तथा समन्वय समितिले महामारीको नियन्त्रणका लागि सरोकारवाला निकायलाई विभिन्न जिम्मेवारी बाँडफाट गरेको छ ।

सोही अन्र्तगत महाकाली अस्पतालमा अक्सीजन प्लान्ट स्थापनाका लागि तीन सदस्यीय समिति गठन गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले संक्रमण नियन्त्रणका लागि सम्बद्ध विभिन्न निकायलाई जिम्मेवारी तोकेको छ ।

महाकाली अस्पतालमा अक्सीजन प्लान्ट स्थापनाका लगि अध्ययन गर्न सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर डा. भवानी चन्द ठकुरी, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रायलयका वायु मेडिकल ईन्जिनियर हरेन्द्र चटौत र महाकाली अस्पतालका डाक्टर अर्जुन भट्ट, द्योग वाणिज्य संघ कञ्चनपुरका सदस्य कृृष्णानन्द भट्टसहितको समितिलाई जिम्मेवारी तोकिएको छ ।

ईन्जिनियर चटौतले आफु जिल्ला बाहिर रहेको फर्किने बितिक्कै अध्ययन थालिने बताए । ‘अक्सीजन प्लान्ट निर्माणका लागि अध्ययन समितीमा जिम्मेवारीमा राखिएको रहेछ, आज जानकारी भयो ।’ उहाँले भन्नु भयो ‘केही दिने मै महेन्द्रनगर फर्केर अध्ययनको काम सुरु हुन्छ ।’
उहाँले प्लान्ट निर्माण लागि आवश्यक सामाग्री विदेशबाट मगाउन पर्ने भएकोले त्यसको आपुर्तीमा भर पर्ने बताए । आवश्यक सबै सामाग्री समयमै ढुवानी भएमा एक महिनामा प्लान्ट निर्माण गर्न सकिने उहाँको भनाई छ ।

त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अक्सीजन प्लान्ट स्थापनाका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले नगरपालिकाले पहिलो चरणमा प्लान्ट स्थापनाका लागि अध्ययन टोली बनाईएको बताउनु हुँदै समितिले विस्तृत अध्ययन गरेपछि बजेट र आवश्यक पुर्वाधार निर्माणका लागि पक्रिया सुरु गरिने उल्लेख गर्नुभयो ।

‘अहिले नगरपालिकाले अक्सीजन आपुर्तीका लागि २० लाख सहयोग गरेको छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो अवस्था असमान्य बनिरहेको छ, अक्सीजनको दिर्घकालिन अपुर्ती पुर्वाधार निर्माण बनाउनु पर्ने छ, त्यसका लागि नगरपालिकाका बजेट अभाव हुन नदिन प्रतिवद्ध छ ।’

प्लान्ट स्थापनाका लागि नगरपालिकाले आन्तरिक श्रोतसहित संघ, प्रदेश र निजि क्षेत्रलाई आवश्यक सहयोगका लागि पहल गर्ने नगर प्रमुख विष्टको भनाई छ ।

त्यस्तै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अक्सीजन प्लान्ट स्थापना नगरी नुहने अवस्था आएको बताउनु भयो । उहाँले उनले हाल दाताको सहयोगमा कोरोना संक्रमितलाई अक्सीजन आपुर्ती भईरहेकोले दिर्घकालिन रुपमा यसको व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै प्लान्ट स्थापनाका लागि जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहहरुबिच समन्वयात्मक बैठक गर्ने भएको छ । सबै पालिका तहबाट प्रतिवद्धता आएमा प्लान्ट निर्माण कार्य अगाडि बढ्ने बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *