• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

महाकाली अस्पतालमा ५० शैयाको आइसोलेसन तत्काल निर्माण गर्ने मुख्यमन्त्रीको घोषणा

Byभीमदत्त अनलाइन

८ चैत्र २०७६, शनिबार १५:५६ ८ चैत्र २०७६, शनिबार १५:५६ ८ चैत्र २०७६, शनिबार १५:५६

महेन्द्रनगर, ८ चैत
सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताउनु भएको छ । शनिवार पश्चिमी सीमा नाका गडडाचौकीको अबलोकन गर्दै मुख्यमन्त्री भट्टले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी र शुरक्षाकर्मीलाई शुरक्षीत गर्नका लागि कसरी व्यवस्थित गर्ने भनेर तयारी भैरहेको बताउनु भयो ।

संसारभरी फैलिएको कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव छ’ उहाँले भन्नु भयो, “संघीय सरकार संग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाईने छ । आवश्यक औषधिका लागि अप्ठेरो छैन ।”

कैलाली र कञ्चनपुर तराईका जिल्ला सीमा क्षेत्र भएका बढी जोखिम भएकाले बृहत तयारी गरिएको उहाँको भनाई छ । कोरोनाको संक्रमण देखिए त्यसलाई व्यवस्थित गर्न तराई र पहाडी जिल्लमा क्वारेण्टाईन र आइसोलेसन कक्ष स्थापना गरिएको उहाँले बताउनु भयो ।

सोही क्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले साझेदार संस्था संग मिलेर कोरोना भाइरस रोकथामका लागि अपनाउनु पर्ने पूर्व तयारी भैरहेको बताउनु भयो । नगरपालिकाले सामुदायिक भवनमा एक सय जनालाई राख्न सकिने गरी क्वारेण्टाईनको व्यवस्था गरिएको उहाँले बताउनु भयो । बजार क्षेत्रमा हुने कालोबजारी रोक्नका लागि समेत कार्य अगाडी बढाईएको उहाँको भनाई रहेको थियो ।

यसैविच, मुख्यमन्त्री भट्टले सीमा राखिको हेल्थ डेस्कको अवस्थाको बारेमा समेत जानकारी लिनु भएको छ । आजै कैलालीको त्रिनगर भन्सार नजिकै गौरीफन्टामा राखिएको हेल्थ डेस्कको समेत उहाँले अबलोकन गर्नु भएको छ ।

मुख्य मन्त्री भट्टले सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले भीमदत्तनगर स्थीत महाकाली अस्पतालको असोलेसन कक्ष र भीमदत्त नगरपालिकाको क्वारेण्टाईन राख्न तयार गरिएको कक्षको अबलोन समेत गरेका छन । मुख्य मन्त्री भट्टले कोरोनाका शंकास्पद विरामी राख्नका लागि महाकाली अस्पतालमा ५० शैयाको प्रिफाभ आइसोलेसन वार्ड तत्काल निर्माण गर्ने घोषणा समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *