• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

महाकाली अस्पताललालाई लायन्स क्लबको अक्सिजन सिलिण्डर सहयोग

Byभीमदत्त अनलाइन

२८ चैत्र २०७६, शुक्रबार १८:३८ २८ चैत्र २०७६, शुक्रबार १८:३८ २८ चैत्र २०७६, शुक्रबार १८:३८

महेन्द्रनगर, २८ चैत
महाकाली अस्पताललाई कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई मध्यनजर गरी अक्सिजन ग्याँस सिलिण्डर सहयोग गरिएको छ । लायन्स क्लब अफ कञ्चनपुरले शुक्रबार अस्पतथालाई २५ ग्याँस सिलिण्डर सहयोग गरेको छ ।

लायन्स क्बलले केही दिन अघि भीमदत्त नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन एक सय थान सिलिण्डर सहयोग गर्ने प्रतिवद्धता गरेको थियो । क्लबले प्रतिवद्धता अनुसार शुक्रबार पहिलो चरणमा अस्पताललाई ग्याँस सिलिण्डर सहयोग गरेको छ । अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिनेछ ।

क्लबका अध्यक्ष माधव प्रसाद जोशीले अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई ग्याँस सिलिण्डर हस्तान्तरण गर्नु भयो । कार्यक्रममा अस्पतालका अध्यक्ष जोशी सहित निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठ, क्बलका संस्थापक एवब् अध्यक्ष लक्ष्मीदत्त पाण्डेय, अध्यक्ष जोशी, उपाध्यक्ष भोजराज भट्ट, महासचिव सुनिलदत्त ओझा र निर्देशक डा. नेत्रराज चटौत सहभागी हुनु भएको छ ।

अस्पततालका अध्यक्ष जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्याँसको अभाव नहुने बताउनु भयो । ‘कोरोना महामारीमा ग्याँस अभाव हुने चिन्ता थियो, अब त्यस्तो हुँदैन, आज २५ ओटा सिलिण्डर सहयोग गरिएको छ, अर्को दिन बाँकी सहयोग हुनेछ’ अध्यक्ष जोशीले भन्नु भयो,‘यसका लागि अस्पतालका तर्फबाट क्लबलाई धन्यवाद छ ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको पहलमा नगरपालिकामा भएको छलफल कार्यक्रममा अध्यक्ष जोशीले अक्सिजन ग्याँसका लागि क्लबलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । भीमदत्त नगरपालिकाले केही महिना अघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *