• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

महिलाहरुलाई आत्मनिर्भर बनाउन कटाई सिलाई तालिम

Byभीमदत्त अनलाइन

२४ श्रावण २०७६, शुक्रबार १८:३१ २४ श्रावण २०७६, शुक्रबार १८:३१ २४ श्रावण २०७६, शुक्रबार १८:३१

महेन्द्रनगर, २४ साउन
भीमदत्त नगरपालिका वडा नं. १२ मा ६ महिने सिलाई कटाई तालिम सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १२ ले व्यवसायि तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरको साझेदारीमा सिलाई तालिम सञ्चालन गरिएको छ ।
भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी तालिम उद्घघाटन गरिएको छ ।

कार्य वाहक नगर प्रमुख जोशीले ब्यानर वाचन गरी तालिम उद्घघाटन गर्नु भयो ।
कार्य वाहक नगर प्रमुख जोशीले सिलाई कटाई तालिमको माग दैनिक रुपमा बढ्दै गएकाले ६ महिने तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गर्नु भयो ।

‘सिलाई कटाई तालिमको माग बढ्दै गएको छ, बजारमा दक्ष जनशक्तिको आवश्यकता पनि छ’ कार्य वाहक नगर प्रमुख जोशीले भन्नु भयो,‘यो तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने आशा गरेका छौ ।’

भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि विभिन्न किसिमका सीप मुलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै कार्य वाहक नगर प्रमुख जोशीले तालिमलाई सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
भीनपा –१२ का अध्यक्ष कृष्ण सिह देउपाको सभापतित्वमा गरिएको कार्यक्रममा कार्यपालिका सदस्य द्रोपती जोशी, वडा सदस्यद्वय अशोक साउँद र गीता जोशी, सीप तालिम विकास केन्द्रका नायब सुब्बा रामेश्वर भट्ट लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष देउपाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम सञ्चालन गरिएको बताउन् भयो । तालिममा वडा नं. १२ का २६ जना सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *