महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नारि दिवसको अवसरमा किशोरीहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकाको सुनिश्चिता’ भन्ने नारासहित समुदाय प्रहरी साझेदारी कार्यक्रमको माध्यमबाट सुरक्षीत चेली अभियान अन्र्तगत महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रमा आयोजना गरिएको हो ।
नगरपालिकास्थित निजि तथा सामुदायिक विद्यालयमा अध्ययनरत मावि र उच्च माविका किशोरहरुलाई महिला हक, अधिकार र त्यस सम्बन्धी रहेका कानुनी प्रावधान लगायतको विषणमा अन्र्तक्रिया गरिएको हो ।
भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत सुवास अधिकारीले ११२ औँ महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार किशोरीहरुले महिलाको हक अधिकार, लैङ्गिक हिंसा र त्यस विरुद्ध बनेका कानुनका बारेमा किशोरीलाई जानकारी गराईएको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका कानुन अधिकृत बिरेन्द्र बहादुर सिंहले नेपालमा महिलाहरुको हक अधिकारका लागि निर्मित कानुनी प्रावधानका बारेमा प्रस्तुती दिनु भएको थियो । उहाँले संविधानले नै महिलाको हक अधिकारी व्यवस्था गरेकोले त्यसका कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।
त्यस्तै वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीले जनचेतना मुलक सामाग्रीसहित लैङ्गिक हिंसाबारे प्रस्तुति दिनुभएको थियो ।
उहाँले प्रहरीले सधैँ नागरिकको सुरक्षाको लागि खटिने बताउँदै कुनै पनि हिंसात्मक गतिविधि भएमा त्यसको जानकारी समयमै प्रहरीलाई दिन आग्रह गर्नुभयो ।
नगर उप–प्रमुख सुशिला चन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट, प्रशासकीय अधिकृत हरि सिंह धामी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामी लगायतको उपस्थिति रहेको थियो ।
उप–प्रमुख चन्दले संविधानः राज्य संञ्चालनको संयन्त्रमा महिलाको उपस्थिति अनिवार्य गरिनु महत्वपुर्ण उपलब्धी रहेको बताउनु हुदैँ पदिय जिम्मेवारी कार्यान्वयन गराउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले महिला हिसां अत्यका लागि घर–परिवार र समुदाय नै अग्रसर हुनुपर्ने र विभेदकारी मनासिकता त्याग्नु पर्ने बताउनु भयो ।