• Sun. Nov 3rd, 2024

महिला स्वास्थ्य स्वयम् सेविका दिवस मनाइयो

Byभीमदत्त अनलाइन

२१ मंसिर २०७६, शनिबार १४:४२ २१ मंसिर २०७६, शनिबार १४:४२ २१ मंसिर २०७६, शनिबार १४:४२

महेन्द्रनगर, २१ मंसिर
भीमदत्त नगरपालिकामा गाउँ नगरमा महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका भन्ने नाराका साथ १६ आंै महिला स्वास्थ्य स्वयम् सेविका दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वयम् सेविकाहरुले दिवसमा बजारमा ¥याली निकालेका छन् भने नगरपालिका कार्यालयमा औपचारिका कार्यक्रम गरिएको छ ।

भीनपा सामाजिका समितिका सभापति हरक सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सिह, प्रशासकीय अधिकृत हरि सिह धामी, स्वास्थ्य उप शाखाका प्रमुख नरेन्द्र राज जोशी, महिला समन्वय समितिका संयोजक भारती सिह, सचिव लक्ष्मी बोहरा, अधिकारमर्की नारुदेबी सिह, पत्रकार देबदत्त ओझा लगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुनु भएको छ ।

कार्यक्रममा नगर क्षेत्रका स्वास्थ्य संस्थाका उत्कृष्ठ स्वयम् सेविकाहरु पुरस्कृत गरिएका छन् । नगर क्षेत्रका सात स्वास्थ्य संस्थाबाट तीन÷तीन जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत सबैलाई पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद एक हजार पाँच सय, एक हजार र पाँच सय नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरी स्वमय् सेवा दिवसको अवसर पारी आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा उत्कृष्ठ स्वमय् सेविका र हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई भीनपा १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, प्रशासकीय अ।िधकृत धामी, स्वास्थ्य उप शाखाका जोशी, अधिकारकर्मी सिह,पत्रकार ओझा लगायतले पुस्कार वितरण गर्नु भएको थियो ।

Image may contain: 9 people, including Bhim Singh Mahara, people smiling, people standing and outdoor

हाजिरी जवाफ प्रतियोगितामा क्रमशः ब्रह्मदेब सहरी स्वास्थ्य केन्द्र, बाराकुण्डा सहरी स्वास्थ्य केन्द्र र वसन्तपुर सहरी स्वास्थ्य केन्द्रको टीम प्रथम, दोस्रो र तेस्रो भएको थियो । भीनपा स्वास्थ्य उप शाखाका भीम बहादुर महराले स्वयम् सेविकाहरुले खोप क्लिनिकलाई सघाएको, आमा समूह बैठक बसेको, पोषण वितरण सहित परिवार नियोजन सेवा प्रवाह गरिएका लगायतका आधारमा कार्य सम्पादन मूल्याङ्कन गरी छनौट गरिएको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष भीनपा सामाजिक विकास समितिका संयोजक धामीले भीमदत्तको स्वास्थ्य सेवा प्रवद्र्धनमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नगरपालिकाले स्वयम् सेविकाहरुको अप्ठेरो समाधान गर्न सधैं सकारात्मक रहेको बताउनु भयो ।

स्वयम् सेविका समन्वय समितिका सचिव लक्ष्मी बोहराले सञ्चालन गरेको कार्यक्रममा समितिका संयोजक भारती सिहले स्वयम् सेविकाहरुको योगदानको कदर हुनु पर्नेमा जोड दिएकी दिनु भयो ।

www.facebook.com/bhimsingh.mahara.9/videos/pcb.2384797611784450/2384795515117993/?type

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *